​बाँके प्रहरीको सक्रियता: विशाल ठकुरी हत्याका ६ आरोपी २४ घण्टाभित्रै पक्राउ

 नेपालजंग बाँके 

सिद्धार्थ जंग शाह 

वैशाख २२ गते बाँकेको नेपालगन्ज - १२ बेलासपुरमा विशाल चन्द ठकुरीलाई लखेटी लखेटी बियरका बोतल र चक्कु समेतका धारिलो हतियार प्रहार गरेर ह*त्या गरेकोमा संलग्न ६ जनालाई जिल्ला प्रहरी कार्यालय बाँकेले पक्राउ गरेको छ ।



घटनामा संलग्न तपशिलका व्यक्तिहरु मध्ये ४ जनालाई बर्दियाको ठाकुरबाबा -२ अम्रेनी नजिकबाट र २ जनालाई नेपालगंजबाट पक्राउ गरी आवश्यक थप अनुसन्धान कार्य भईरहेको प्रहरीले जनाएको छ ।

बेलासपुर बस्ने वर्ष २१ को प्रितम अधिकारीको ब्रतबन्ध कार्यक्रममा सहभागी ह़न आएका निजका साथीहरु राती उक्त कार्यक्रम पश्चात सोही स्थानमै बस्ने भए पछि निज प्रितम अधिकारीको घरमा बस्ने ठाउँ नपुगेर सबै साथीहरु सँगै नजिकै रहेको निजको आफन्त पर्ने दिपेन्द्र रोकायको घरमा एउटै कोठामा बसी रमाइलो गर्ने क्रममा २२ गते विहान अं.२:०० बजेतिर सँगै रहेका दिपेन्द्र राज गिरी र विशाल चन्द ठकुरी बिच सामान्य विषयलाई लिएर आपसमा वादविवाद भइ विवाद पश्चात दिपेन्द्रले आफ्नो घर कैलाली बस्ने साथीहरुलाई फोन मार्फत सम्पर्क गरी नेपालगन्ज बोलाएकोमा निज दिपेन्द्रका साथीहरु बिहान अंदाजी ५ बजे तिर मोटरसाईकलमा पुगी दिपेन्द्र र निजका साथीहरु जम्मा भई एकसाथ विशाल लगायतका व्यक्तिहरु सुतिरहेकै कोठामा गई आक्रमण गरेको ।


पक्राउ मानिसहरु

१. कैलाली लम्कीचुहा - १ बस्ने वर्ष १९ को दिपेन्द्र राज गिरी

२. वर्ष २० को बिबियस कुवँर

३. वर्ष १८ को सुशिल खत्री

४. वर्ष २० को खकेन्द्र देवकोटा

५. कालिकोट पचालझरना - ६ बस्ने वर्ष १८ को सन्तोष संज्याल

६. सुर्खेत वीरेन्द्रनगर - ३ बस्ने वर्ष २० को रुपेश थापा


बरामद सामानहरु

१. चक्कु- १ थान

२. सु.प.प्र.0१-०१४ प १२५६ नम्बरको NS 200 मोटरसाईकल

३. बियरका बोतल र फुटेका बोतलका टुक्राहरु

Post a Comment

Previous Post Next Post