मञ्जुश्री फाइनान्स लिमिटेड नेपालगञ्ज शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौक्षिक (स्टेसनरी) तथा कार्यालय ब्यवस्थापन सामग्री हस्तान्तरण

नेपालगञ्ज, मञ्जुश्री फाइनान्स लिमिटेड नेपालगञ्ज शाखाद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शौक्षिक (स्टेसनरी) तथा कार्यालय ब्यवस्थापन सामग्री हस्तान्तरण





मञ्जुश्री फाइनान्स लिमिटेड, नेपालगञ्ज शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व ( Corporate Social Responsibility - CSR) अन्तर्गत पशुपती माध्यमिक बिद्यालय लाई



शौक्षिक (स्टेसनरी) तथा कार्यालय व्यवस्थापन सामग्री हस्तान्तरण कार्यक्रम सम्पन्न गरेको छ । हरेक वर्षझै यस वर्ष पनि मञ्जुश्री फाइनान्स लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत स्वास्थ्य तथा शिक्षा क्षेत्रमा विभिन्न सामाजिक कार्यक्रम सञ्चालन गर्दै आएको छ । सोही अभियानअन्तर्गत पश्पती माध्यमिक बिद्यालय खजरा ०८, वाके लाई आवश्यक शौक्षिक (स्टेसनरी) तथा कार्यालय ब्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।



हाल मञ्जुश्री फाइनान्स लिमिटेडले देशभर रहेका २८ शाखा कार्यालय र १ एक्सटेन्सन काउन्टर मार्फत सर्वसाधारणलाई गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै आएको छ ।

Post a Comment

Previous Post Next Post