Grace Public School Nepalgunj शैक्षिक सत्र २०८३/८४ का लागि कक्षा ११ (विज्ञान संकाय) मा अध्ययन गर्न इच्छुक तथा योग्य विद्यार्थीहरूका लागि GPS विशेष छात्रवृत्ति योजना सञ्चालन गरेको जानकारी गराइन्छ।
यस छात्रवृत्ति योजनाअन्तर्गत विशेष प्राथमिकता दिइने विद्यार्थीहरू:
आर्थिक अवस्था कमजोर भए पनि अध्ययनप्रति उच्च इच्छा र लगाव भएका।
विभिन्न पारिवारिक, सामाजिक वा व्यक्तिगत समस्याका कारण पढाइ बीचमै रोकिएका वा अगाडि बढाउन नसकेका।
द्वन्द्व, विपद् वा अन्य कारणबाट पीडित तथा प्रभावित विद्यार्थी।
जेहेन्दार, मेहनती तथा उत्कृष्ट शैक्षिक क्षमता भएका विद्यार्थी।
शिक्षा प्राप्त गर्ने प्रबल इच्छा भएका अन्य योग्य तथा आवश्यकतामा रहेका विद्यार्थी।
इच्छुक विद्यार्थीहरूले आवश्यक कागजातसहित विद्यालयमा सम्पर्क गरी आवेदन दिन अनुरोध गरिन्छ।
हाम्रो लक्ष्य:"आर्थिक, सामाजिक वा अन्य कुनै पनि कारणले कुनै विद्यार्थी शिक्षाबाट वञ्चित नहोस्। गुणस्तरीय शिक्षा सबैको पहुँचमा पुग्ने हाम्रो प्रतिबद्धता हो।"
थप जानकारीका लागि: ग्रेस पब्लिक स्कुल
नेपालगञ्ज–४, बसपार्क रोड, बाँके सम्पर्क०८१-५९०००८
९८५८०५९७१०,९८५८०५९७०८


Post a Comment