प्रहरीको हिरासतमा थुनुवा मृत अवस्थामा फेला

प्रहरीको हिरासतमा थुनुवा मृत अवस्थामा फेला 
इलाका प्रहरी कार्यालय कोहलपुरको हिरासतमा एक थुनुवा मृत फेला परेका छन् । जबरजस्ती करणी उद्योगमा हिरासतमा रहेका थुनुवा मृत फेला परेको कोहलपुर प्रहरी स्रोतले जनाएको छ ।




मृत फेला पर्नेमा कोहलपुर– १२ का अन्दाजी ५५-५६ वर्षीय पुरुष रहेका छन् । उनीलाई स्थानीय चुनावअघि एक नाबालिकालाई जबरजस्ती करणी उद्योग गरेको भन्दै कोहलपुर प्रहरीले पक्राउ गरेर हिरासतमा लिएको थियो ।
बुधबार बिहान ती पुरुष हिरासत कक्षमा मृत भेटिएको कोहलपुर प्रहरीले जनाएको छ । कोहलपुर प्रहरीले हिरासत कक्षमै झुण्डिएको अवस्थामा पुरुषलाई फेला पारेको बताएको छ ।
अहिले कोहलपुर प्रहरीमा मृतकका आफन्त, जनप्रतिनिधि र प्रहरीबीच छलफल भइरहेको छ । यसबारे थप जानकारी आउन बाँकी रहेको छ ।

Post a Comment

Previous Post Next Post