सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु

सल्यानमा चुनाव प्रचारप्रसारमा हिडेको गाडीको छतबाट खसेर एकजनाको मृत्युु

२४ वैशाख, सल्यान ।सल्यानमा चुनावी प्रचारमा हिडेको गाडीको छतबाट खसेर एक जनाको मृत्युु भएको छ । जिल्लाको कालिमाटी गाउँपालिका– २ दानीगौरामा लु १ ज ४५९९ नम्बरको जिपको छतबाट खस्दा शोही ठाउँका १८ वर्षीय खुमराज थापा मगरको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानले जनाएको छ । 

छतबाट खसेर गम्भिर घाइते भएका मगरको राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा उपचारका क्रममा दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सल्यानका प्रहरी प्रमुख सुमित खड्काले जानकारी दिए । गाडी चालक दाङको बबई गाउँपालिका –२ का २८ वर्षीय खुमबहादुर छन्तेल र गाडीलाई नियन्त्रणमा रहेको बताईएको छ । नेपाली काँग्रेसको तर्फबाट वडा अध्यक्षको उम्मेदवार रहेका भुपेन्द्र घर्ति मगर सहितको टोलीको प्रचारमा हिडेका थापा जीपको छतबाट लडेका थिए ।

Post a Comment

Previous Post Next Post