गायिका दिलमाया मृत फेला, एक पक्राउ

बाँके । दोहोरी गायिका दिलमाया सुनार मृत भेटिएकी छन् ।

प्रहरीका अनुसार शनिबार राति ११ बजे काठमाडौंस्थित आफ्नै डेरामा उनी मृत्य अवस्थामा भेटिएकी हुन् ।



सुर्खेत घर भएकी ३० वर्षीया गायिका सुनार काठमाडौंको नेपालटारमा डेरामा बस्दै आएकी थिइन् ।
उनले शुक्रबार आफू बाँच्न मुस्किल भएको भन्दै सामाजिक संजाल फेसबुकमा स्टाटससमेत लेखेकी थिइन् । प्रहरीले घटना अनुसन्धानका क्रममा सूर्य श्रेष्ठलाईलाई पक्राउ गरेको छ ।

प्रहरीका अनुसार शूर्य शनिबार बिहानै मृतक सुनारको कोठामा पुगेको थाहा भएको छ । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।

Post a Comment

Previous Post Next Post