बिनोद शाही मृत्यु प्रकरण : हत्या अभियोगमा ४ जना पक्राउ

बिनोद शाही मृत्यु प्रकरण : हत्या अभियोगमा ४ जना पक्राउ
अछामको पञ्चदेवल विनायक नगरपालिका-४ का १६ वर्षीय किशोर विनोद शाहीको हत्या अभियोगमा ४ जना प्रकाउ परेका छन ।

मंगलबार साझँ सिआईबिको टोलिले उनिहरुलाई प्रकाउ गरेको जिल्ला प्रहरी कार्यलय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक कैलाश बिष्टले बताए । प्रकाउ परेकाहरुमाथि थप अनुसन्धान भईरहेको उनको बताए ।

घटनाको थप अनुसन्धान गर्न सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयले संघीय प्रहरी इकाइ महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) जनकराज पाण्डे नेतृत्वको टोली समेत खटिएको छ।




वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनका दिन पञ्चदेवल विनायक नगरपालिकामा कांग्रेस र एमालेका कार्यकर्ताबीच विवाद भएको थियो । स्थानीय प्रशासनका अनुसार विवादका क्रममा कांग्रेस कार्यकर्ताले एमाले कार्यकर्तामाथि कुटपिट गरेपछि करीब तीन घण्टा मतदान रोकिएको थियो । सोही विषयलाई लिएर पछि एमाले कार्यकर्ताले कांग्रेस कार्यकर्तामाथि कुटपिट गरेका थिए ।

पछि कांग्रेस कार्यकर्ताले दिएको जाहेरीका आधारमा १७ जेठमा प्रहरीले पक्राउ गर्न खोज्दा अवरोध गरेपछि दोहोरो झडप भएको थियो । सोही क्रममा शाही बेपत्ता भएको परिवारको दाबी छ । पछि उनी मृत भेटिएका थिए ।
निराकरनखबर

Post a Comment

Previous Post Next Post