आदर्श माध्यमिक विद्यालयको खेल सप्ताह-२०७९ को समापन

 अमन आचार्य ,नेपालगन्ज

पश्चिम नेपालकै उत्कृष्ट शैक्षिक संस्था नेपालगंजको आदर्श माध्यमिक विद्यालयमा यहिं माघ ४ गतेदेखि शुरु भएको खेल सप्ताह-२०७९ को आज बिशेष समारोहका बिच समापन भएको छ।












 आजको समापन कार्यक्रममा बिभिन्न खेलहरुमा बिजेता खेलाडीहरुलाई कार्यक्रमका सभापती ईश्वर प्रसाद पोखरेल  र प्रमुख अतिथि वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले संयुक्त रुपमा पुरस्कार वितरण गर्नुभएको थियो। खेल सप्ताह अन्तर्गत कक्षा २ देखि ४ सम्मको समुहमा छात्र तर्फ उत्कृष्ट खेलाडी कक्षा २ का निशेध शाह र उत्कृष्ट छात्रा खेलाडी कक्षा ४ कि मोनिका कडायत घोषित भए। त्यस्तै कक्षा ५ देखि ७ सम्मको समुहमा छात्र तर्फ उत्कृष्ट खेलाडी सफल राज श्रेष्ठ र उत्कृष्ट छात्रा खेलाडी रेजुना थापा घोषित भए। यसैगरी कक्षा ८ देखि १० सम्मको समुहमा  उत्कृष्ट छात्र खेलाडी कक्षा ९ का बिनय नाथ योगी र उत्कृष्ट छात्रा खेलाडी कक्षा ९ कि रोशनी दँदेल घोषित भए। यसैगरी यसबर्षको खेल सप्ताहको बिजेता ग्रिन हाउस हुन सफल भयो। दोस्रो स्थानमा ब्लु हाउस र तेस्रो स्थानमा एलो हाउस रहे।

Post a Comment

Previous Post Next Post