रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्कारी

 रामग्रामका मेयर धनपतका भाइको मिलोमतोमा काठको अवैध तस्कारी


नवलपरासी / ०९ फाल्गुन। 

पश्चिम नवलपरासीमा अवैध काठको तस्कारी दिन प्रति दिन बढ्दै गएको छ। आज मात्र रामग्राम नगरपालिका वार्ड नं ०१ सौवा टिकरमा रामग्रामका मेयर धनपत यादवका भाइ घनश्याम यादवको मिलोमतोमा काठ तस्करी गर्दा गर्ने बेलामा पुलिसले नियन्त्रणमा लिएको छ। 







वन डिभिजन कार्यालय पश्चिम नवलपरासी सँगै कुनै किसिमको अनुमति न लिएको बताएको छ। रामग्राम नगरपालिका वार्ड नं ०१ पर्ने १४ कट्टा जग्गामा रहेको जंगलमा मेयर धनपत यादव र वार्ड अध्यक्ष रुद्र प्रकाश उपाध्यायको मिलोमतोमा उक्त काठको अवैध तस्कारी भइरहेको स्थानियले बताएका छन्। 


भगवति समिल अर्थात् आरामिल उद्योगको लागि लाउँदै गरेको पक्राउ परेका व्यक्तिहरूले मेयरको भाइ घनश्यामको रहेको वताएका थिए। 


उक्त क्रममा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले ५ जना व्यक्ति सहित लु ३ त २०५८  नंबर गरेको ट्रक्टर नियन्त्रणमा लिएको र यस घटना बारे थप अनुसन्धान भइरहेको जनाएको छ।

Post a Comment

Previous Post Next Post