आदर्श माध्यमिक विद्यालयको प्रवेश परीक्षामा भए ६०० विद्यार्थी उपस्थित

पश्चिम नेपालकै अग्रणी शैक्षिक संस्था आदर्श माध्यमिक विद्यालयले कक्षा ११ मा भर्नाको लागि लिएको पहिलो चरणको प्रवेश परीक्षा सम्पन्न भएको छ। ६०० जना विद्यार्थी उपस्थित भएर सम्पन्न भएको पहिलो चरणको प्रवेश परीक्षाको नतिजा आजै साँझसम्म आईपुग्ने जानकारी विद्यालयका प्राचार्य विरभान के.सी ले गराउनु भयो।


 विद्यालयले विहानी शत्रको लागि व्यवस्थापन संकायमा ८ सेक्सन र विज्ञान संकायको लागि २ सेक्सन तथा दिवा शत्रको लागि विज्ञान संकायको लागि ३ सेक्सन गरि जम्मा १३ सेक्सनको लागि भर्ना आवेदन खोलेको जानकारी दुवै संकायका कार्यक्रम संयोजकहरु महेश्वर जोशी र चेत प्रसाद चापागाईले दिनुभयो। स्थापनाको २४ वर्षदेखि निरन्तर रुपमा धेरै आरोह र अवरोह पार गर्दै आदर्श माध्यमिक विद्यालयले विद्यार्थी र अभिभावकहरुको मन जित्न सफल भएको र यो विश्वासलाई आँफुहरुले निरन्तर रुपमा कायम राखिरहेको व्यहोरा संस्थाका प्रमुख शिक्षण सल्लाहकार प्रकाश लामिछानेले अवगत गराउनु भयो।


 आदर्श ग्रुप द्वारा संचालित आदर्श माध्यमिक विद्यालयलको साथसाथै यसै ग्रुपद्वारा संचालित त्रिभुवन विश्वविद्यालय अन्तर्गत स्नातक तहमा BBS अध्ययन अध्यापन हुने NMC कलेजले पनि स्कुल र कलेज तहमा गुणस्तरीय र व्यवहारिक शिक्षा प्रदान गर्दै आईरहेको र आँफुहरुको प्रयास निरन्तर जारी रहने व्यहोरा संस्थाका प्रमुख निर्देशक ईश्वर पोखरेलले अवगत गराउनु भयो। 

आदर्श ग्रुपले आदर्श माध्यमिक विद्यालयमा नर्सरी देखि कक्षा १२ सम्म, NMC कलेजमा BBS को साथसाथै यसैवर्ष देखि CA र ACCA को पनि अध्यापन गराउँदै आएको र यसै ग्रुप द्वारा वडा नम्बर १ धम्बोझीमा संचालित सनविम माविमा नर्सरी देखि कक्षा १२ सम्म अध्यापन गराउँदै गुणस्तरीय शिक्षा प्रदान गर्दै आईरहेको जानकारी आदर्श माध्यमिक विद्यालयका अध्यक्ष संजय थापाले दिनुभयो।

 आज लिएको प्रवेश परीक्षामा विज्ञान र व्यवस्थापन संकायमा उत्कृष्ट १-१ जनाले पुर्ण छात्रवृत्ति प्राप्त गर्नेछन् र उत्तिर्ण सबै विद्यार्थीहरुको भर्ना भोली शुक्रबार देखि हुने कुराको जानकारी विद्यालय प्रशासनले गराएको छ। आजको नतिजा र विद्यालयको सिट क्षमताको आधारमा दोस्रो चरणको प्रवेश परीक्षाको दिन निक्र्यौल गरिने जानकारी पनि विद्यालयले गराएको छ।

Post a Comment

Previous Post Next Post