बास नेपाल बाँके शाखाको आयोजनामा एकल खुल्ला तीज नृत्य प्रतियोगिता सम्पन्न

 बाँके/ बास नेपाल बाँके शाखाको आयोजनामा एकल खुल्ला तीज नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।

नेपालगञ्जको राँझा स्थित पशुपती मन्दिर परिसरमा सो प्रतियोगितामा सम्पन्न भएको हो ।एक हजार बढि दर्शकहरुको सहभागिता रहेको सो कार्यक्रममा ५५ जना प्रतिष्पर्धी प्रतियोगितामा सहभागि थिए । अन्य प्रतिष्पर्धीहरुलाई पछि पार्दै बाँके कोहलपुरकी करिश्मा सिंह ठकुरी प्रथम, बझाङकी मनिषा सिंह ठकुरी द्धितिय र बाँकेकी मनिषा परियार तृतिय भएका थिए ।उनीहरुलाई क्रमशः ३० हजार, २० हजार, १० हजार नगद सहित ट्रफि, प्रमाणपत्र प्रदान गरिएको थियो । बाँके शाखा अध्यक्ष शोभा थापा मगरको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै प्रमुख अतिथी लुम्विनी प्रदेश सभा सदस्य माननीय माया पुनले तीज लगायतका पर्बहरुले आम नागरिकहरुलाई एकताको शुत्रमा बाँध्नुका साथै महिला सशक्तिकरणको कार्य गर्ने बताईन् ।



बाँके शाखा सदस्य अशोक रावल, सक्रिय सदस्य मुना बिष्ट, अभिलेखिकरण अधिकृत रबिन्द्र बोहरा, सजल गैरेले सञ्चालन गरेको कार्यक्रममा स्वागत बाँके शाखा सदस्य बसन्ती शर्माले गरेकि थिईन् । कार्यक्रममा बास नेपालका उपाध्यक्ष शिब कुमार बर्मा लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।


कार्यक्रममा बास नेपाल साँस्कृतिक तथा साहित्य बिभाग प्रमुख दिला शाह लगायतको उपस्थिती रहेको थियो । केन्द्रीय अध्यक्ष लुना बुढाथोकी, कार्यकारी निर्देशक नमस्कार शाह, नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० का वडाध्यक्ष कौशल धोवी लगायतले बिजेता, सहयोगी निकाय, व्यक्तिहरुलाई सम्मान पत्र प्रदान गरिएको थियो ।


प्रतियोगितामा बरिष्ठ कलाकार सुन्दर गुरुङ, नृत्य प्रशिक्षक गणेश बिष्ट र नृत्यांगना श्रृंखला बस्नेत निर्णायकको भुमिकामा थिए । निर्णायक समितिका संयोजक सुन्दर गुरुङले प्रतियोगिताका नतिजा घोषणा गरेका थिए ।


कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिका वडा नम्वर २० को कार्यालय, सिने रोयल, के.एल. दुगड ग्रुप, एचसिआरसि अस्पताल, टक्सार रियल स्टेड प्रालि, सिद्धार्थ बैंक, सिद्धार्थ प्रिमियम ईन्स्योरेन्स, एक्सपर्ट एजुकेशन एण्ड भिजा सर्भिसेन, शौर्य सुमन मेडिकल हल, व्लयु ह्याभेन कस्मेटिक, मारुती नन्द होटल, माता बागेश्वरी बचत तथा ऋण सहकारी लिमिटेड, बागेश्वरी कान स्वास्थ्य स्याहार केन्द्र, रेरी चिसापानी, नेपालगञ्ज टेक्निकल कलेज, सन्तोष ज्वैलर्स, सिंह ज्वैलर्स, नेपालगञ्ज न्यूरो अस्पताल लगयातले सहयोग गरेका थिए ।

Post a Comment

Previous Post Next Post