नेपालगन्ज बहुमुखी क्याम्पस ( NMC) फेरी भयो बाँके-वर्दिया टपर

आदर्श ग्रुपद्वारा संचालित पश्चिम नेपालकै उत्कृष्ठ बिबिएस क्याम्पस NMC ले फेरी बाँके बर्दिया जिल्ला टप गरेको छ। २०८० सालको बिबिएस चौथो बर्षको नतिजामा NMC


क्याम्पसका विद्यार्थी मित्र बोहोराले ८०.२% प्राप्ताङ्क सहित बाँके बर्दिया जिल्ला टप गरेको जानकारी क्याम्पसका प्रमुख निर्देशक श्री ईश्वर प्रसाद पोखरेलले दिनुभयो। क्याम्पसको सफलतामा विद्यार्थी, अभिभावक, कर्मचारी, संस्थापक तथा सबै शिक्षाप्रेमी महानुभावहरुको हात रहेको जानकारी NMC कलेजका प्रमुख शिक्षण सल्लाहकार श्री प्रकाश लामिछानेले गराउनुभयो। बिषय बस्तुको साथसाथै जिवनको अध्ययन गराउने क्याम्पसको बिशेषता नै आफ्नो सफलताको कारण भएको जानकारी बाँके-वर्दिया टपर विद्यार्थी मित्र बोहोराले गराउनुभयो। बिहान ६ बजेदेखि ९ बजेसम्म मात्रै कलेजमा अध्ययन गर्दै ९ बजेदेखि साँझ ६ बजेसम्म काम गरेर पनि मित्र बोहोराले प्राप्त गरेको उत्कृष्ठ नतिजाको मुख्य कारण निज बिद्यार्थीको तनाब रहित वातावरणमा अध्ययन गर्न सक्ने खुबि र कलेजको टिमको प्रयास भएको जानकारी NMC क्याम्पसका स. क्याम्पस प्रमुख श्री थमन के.सी. ले जानकारी गराउनुभयो।

Post a Comment

Previous Post Next Post