दैलेख नारायणका युवाहरुका लागि ५ दिने व्यवसाय सुरु तथा सुधार तालिम संचालन

नारायण रिजाल (सम्पादक) एभरेष्ट क्लव दैलेखले पावर परियोजना मार्फत युवाहरुका लागि ५ दिने व्यवसाय सुरु तथा सुधार तालिम नारायण नगरपालिकामा संचालन गरिएको छ । तालिम २०८०/११/१ गते देखि सुरू भएको छ । एभरेष्ट क्लव दैलेखका कार्यसमिति सदस्य तथा परियोजना फोकल पर्सन दिपक के.सी ज्यूको अध्यक्षता एवम् नारायण नगरपालिका उपप्रमुख तप्ता कुमारी खड्का थापा ज्यूको प्रमुख आथित्यमा तालिम उद्घाटन गरिएको हो । परियोजनाको कार्यक्षत्र अन्र्तगत नारायण नगरपालिकाका ३० जना युवाहरुलाई तालिम संचालन गरिएको छ । जसमा महिला २४ र पुरुष ६ जनाको उपस्थिति भएका छन् । 

युवाहरुका लागि ५ दिने व्यवसाय सुरु तथा सुधार तालिमले युवाहरुलाई व्यवसाय कसरी सुरु गर्ने र सुधार गर्ने भन्ने बारे ज्ञान सिप तथा धारणाको बिकास गर्ने उदेश्यका साथ तालिम संचालन गरिएको हो । जसमा सहभागीले व्यवसाय सुरुवाती गर्दा ख्याल राख्नुपर्ने कुरा, व्यवसाय छनौट साथै व्यवसाय योजना बारे सिक्न, जान्न र व्यवहारमा लागु गर्न तालिमले सहयोग पुर्याउने विश्वास गरिएको छ ।

तालिमको उद्घाटन समारोहमा बोल्दै नारायण नगरपालिकाका नगर उपप्रमुख तप्ता कुमारी थापा खड्काले, यस ५ दिने तालिमले सहभागी लाई व्यवसायमार्फत जिवनलाई सहज, सवल र सफल बनाउन टेवा पुग्ने विश्वास व्यक्त गर्नु भयो । व्यवसाय कुनै लिगंको आधारमा नहुने भन्दै काठमान्डौमा महिलाले बस, ट्यम्पो, अटो चलाउने गरेको पाइएको र आफु काठमान्डौं जादा महिलाले चलाउने टेयाम्पो प्रयोग गर्ने गरेको अभ्यास सुनाउदै तालिममा सहभागी महिलाहरुलाई त्यस्ताखालका व्यवसाय छनौट गरि आफुलाई सफल उधमी बनाउन र नगरपालिकाको स्वरोजगार कार्यक्रमलाई सहयोग पुर्याउन अनुरोध गर्नुभयो । साथै महिलाहरुले अटो चलाउने सिप, कपाल काट्ने सिप सिकि व्यवसायमा जोडिन चाहानेलाई नगरपालिकाले प्रमुख प्रथामिकतामा राखि सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्दै तालिमको पूर्ण सफलताको शुभकामना व्यक्त गर्नु भयो ।

तालिमको उद्घाटन समारोहमालाई समापन गर्दै एभरेष्ट क्लव दैलेखका कार्यसमिति सदस्य तथा फोकल पर्सन दिपक के.सीले यस तालिम पश्यात १३ जना युवा युवतीलाई लघुउद्यममार्फत तत्काल व्यवसाय सुरुवातीको लागि सहयोग हुने र बाकी १७ जनालाई व्यवसाय सिप विकास तालिम प्रदान गरि व्यवसायमा जोड्ने र स्वरोजगार तथा रोजगार सिर्जना गर्ने कार्यक्रम रहेको जानकारी दिनु भयो ।


सेद चिल्डेनको सहयोगमा एभरेष्ट क्लव दैलेखद्धारा सञ्चालित पावर परियोजना दैलेख जिल्लाको नारायण नगरपालिका र दुल्लू नगरपालिकामा सञ्चालनमा रहेको छ ।


Post a Comment

Previous Post Next Post