निम्याट नेपालद्वारा जुम्लाका विद्यालयहरुमा क्षयरोग विरुद्धको अभिमुखिकरण !


विक्रम तिरुवा

जुम्ला

क्षयरोग विरुद्ध राष्ट्रिय युवा अभियान (निम्याट) नेपालले जनवरी १, (२०२४) देखी मार्च ३१, (२०२४) सम्म संचालन गरिरहेको ३ महिने लामो 24-24 YOUTH CAMPAIGN TO END TB अन्तर्गत नेपाल भरिबाट १००० जना भन्दा धेरै युवाहरुले क्षमता विकास तालिम लिनुभई आआफ्नो समुदायमा क्षयरोगको विरुद्ध जनचेतना अभियान संचालन गर्ने क्रममा जुम्लामा रहेको कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठान मा BPH,BNS,BMS,B-pharmacy र MBBS,अध्यनरत विद्यार्थीहरुले मिति २०८०/११/११ गते जुम्ला सदरमुकाम खंलगामा रहेका विद्यालयहरुमा क्षयरोग सम्बन्धी अभिमुखिकरण कार्यक्रम गरेका छन् ।













कर्णाली प्रदेशबाट निम्याट नेपालको मूल सदस्यको रुपमा कर्णाली स्वास्थ विज्ञान प्रतिष्ठानमा BPH दोस्रो वर्षमा अध्यनरत दिलीप प्रसाद हरिजन,धर्मराज बरालको नेतृत्वमा उक्त कार्यक्रम भएको हो । त्यस्तै कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट (निम्याट )नेपालको प्रतिनिधिको रुपमा पूजा कर्ण,मनिषा पौडेल,दिलीप हरिजन,धर्मराज बराल ले कार्यक्रमको प्रतिनिधित्व गरेका हुन ।









क्षयरोग मुक्त नेपाल अभियानले देशव्यापी रुपमा क्षयरोग मुक्त गर्ने लक्ष्य राखेको छ भने सन् (२०२०/२१) मा २३८ बाट सन् (२०२५/२६) सम्ममा प्रति १००,००० जनसंख्याबाट १५१ जना क्षयरोगीलाई घटाउने लक्ष्य रहेको छ । सन् (२०२०/२१) मा ५८ बाट (२०२५/२६) सम्ममा प्रति १००,००० जनसंख्याबाट २३ मा मृत्युदर झार्ने लक्ष्य राखेको छ । क्षयरोग प्रभावित परिवारको विनाशकारी लागतलाई शून्यमा घटाउने,सन् (२०३५) सम्ममा क्षयरोग महामारी अन्त्य गर्ने, र सन् (२०५०) सम्म क्षयरोग उन्मूलन गर्ने लक्ष्य रहेको छ ।




उक्त कार्यक्रम हाल देशव्यापी रुपमा चलिरहेको छ । यस कार्यक्रममा आवद्ध देशभर १०००(एक हजार )भन्दा बढी युवाहरुले क्षयरोग विरुद्ध राष्ट्रिय युवा अभियानमा सहभागी भई हालसम्म २५०० भन्दा बढी क्षयरोग विरुद्धको अभिमुखिकरण कार्यक्रम गरिसकेका छन् ।







निम्याट नेपालले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र र विश्व स्वास्थ्य संगठन नेपालको प्राविधिक सहयोगमा "क्षयरोग अन्त्यका लागि २४-२४ युवा अभियान" प्रस्तुत गरेको छ।

निम्याट नेपाल एक अद्वितीय युवा नेतृत्वको गैर-सरकारी र गैर-लाभकारी संस्था हो, जसले WHO १+१ पहल अपनाउने र नेपालमा क्षयरोग सचेतना र वकालतका लागि युवाहरूलाई परिचालन गर्ने, अग्रगामी शक्तिको रूपमा उभिएको छ। स्थापना कालदेखि नै मूल सिद्धान्तद्वारा निर्देशित छ। (सार्वजनिक सञ्चार, जागरूकता),( क्षयरोग नातेदार, एजेन्डाहरूमा वकालत), (क्षयरोग अन्त्य गर्न युवा परिचालन,)सन् २०२४-२०२४ युवा अभियानले क्षमता निर्माण, लक्षित वकालत, र सामाजिक सञ्जाल संलग्नताको गतिशील मिश्रण मार्फत क्षयरोग विरुद्धको लडाइमा #YouthTBadvocates बन्न १००० युवा परिवर्तन-निर्माताहरूको अप्रयुक्त सम्भावनालाई बाहिर निकाल्छ। क्षयरोगले मानिसहरूको जीवनमा हरेक दिन बोझ निम्त्याउँछ क्षयरोगको निरन्तर वकालत आवश्यक छ, २०२४ को विश्व क्षयरोग दिवस अर्थात मार्च २४ लाई ३ महिना लामो वकालत र सचेतना अभियान मनाउन युवाहरूले अटल प्रतिबद्धता जनाएका हुन् । निम्याट नेपालको संस्थापक मधुसूदन काफ्ले हुन । निम्याट नेपालको अध्यक्ष सदिक्षा सापकोटा त्यस्तै सचीव सुबिन श्रेष्ठ हुन ।

Post a Comment

Previous Post Next Post