दैलेखमा १४ बर्षकी छोरीका लागि जुवाई खोज्दै आमा

सुनिता (परिवर्तित नाम) अहिले ३५ बर्षकी आमा हुन् जसका २ सन्तान छन् । उनको एक छोरा र एक छोरी छन । हेर्दा सु:खि परिवार जस्तै देखिन्छ । उनी भारतको मुम्वइमा बस्दै आइरहेकी छिन् । उनले मुम्वइको जीवन सामान्य रुपमा चलाई रहेकी थिइन् ।

हाल उनी नेपाल आएको १० दिन मात्रै भयो । उनी उनको छोरा, छोरी र आफु काजकृया गरिरहेकी छिन् । उनको श्रीमानको भारतमा काम गर्दागर्दै मृत्यु भयो । उनी आफ्नो एक छोरा र एक छोरीका साथमा नेपाल आईन । नेपाल आउने पैसा नभएपछि उनी भारतमा बस्ने नेपालीले केही रकम सहयोग दिएर नेपाल आएकि हुन् ।


उनको नेपालमा बस्नलाई घर समेत छैन । घर नै नभएपछि अरु के नै हुन्थ्यो र, न खाना छ, न बास न लगाउने कपडा न काजकिरियाका लागि सामाग्री नै । उनी अर्काको घरमा बसेर काजकिरिया गरिरहेकी छिन् । उनी छोरीलाई नेपालमा नै छोडेर छोरा सहित पुनः भारतमा गएर बस्ने सोच गरेकी छिन् । उनले छोरी के गर्नुहुन्छ त भनेर भन्दा “छोरी ठुली भैसकि विहे गरेर जान्छे, आफै पालिन्छे । म भारतमा नै गएर पालिन्छु” भनेर उत्तर दिन्छिन् । जुन उत्तर हृदय विधारक छ । आमा भएर छोरीको बारेमा यो बोल्दा उनको मन पोलेको प्रष्टै देखिन्थ्यो ।

बाल विवाह कानुनी अपराध हो तर, नेपाली समाजमा यति सम्मको गरिवी छ जसको विकल्प नै अभिभावक देख्दैनन् । झन् हुर्केकी छोरीमाथी दुव्र्यवहार हुन्छकी भन्ने पनि डर छ उनमा । ५ कक्षा पढ्दा पढ्दै विद्यालय शिक्षा छोडेकी भारत गएर अर्काकोमा काम गर्न बाध्य भएकी समिताको (परिवर्तित नाम) पढाइलाई निरन्तरता दिने मन छ । उनले यस्तो अवस्थामा पनि विहानी कक्षा संचालन हुने बालेश्वर बाल सुलभ केन्द्रमा गएर अध्ययन गरिहेकी छिन् । बालिका अध्ययन गर्न चाहान्छिन्, तर परिस्थितीले उनलाई बाल विवाह तिर धकेल्दै छ ।

यो अवस्थालाई देख्दा कर्णालीको ग्रामिण भेगको बाल विवाह गर्न परिस्थितीले नै बाध्य गराएको देखिन्छ । बाल विवाह विरुद्धका अभियान्ता चेतन गिरीले बालिकाको सुरक्षा तत्काल आवश्यक रहेको र उनी बाल विवाहको उच्च जोखिममा रहेको बताएका छन् । बालिकाको संरक्षणका लागि आफु लागि परेको बताएका छन् ।


Post a Comment

Previous Post Next Post