ग्लासको नेपाली एसोसिएसनको १३औ अधिवेशन बाट सहसचिवमा अन्जु न्यौपाने चयन ।

मिती 26/01/2026 सोमवारका दिन स्कटल्यान्डको पुरानो संस्था मध्यको एक अभिभावक संस्था ग्लासको नेपाली एसोसिएसनको १३औ अधिवेशन भव्य रूपमा सम्पन्न भएको छ । जसमा नयाँ कार्यसमिति निम्न बमोजिम सर्वसहमतिबाट निर्विरोध चयन हुनुभएको छ। 

पदाधिकारीहरु 

अध्यक्ष श्री राम प्रसाद कंडेल ज्यूँ 

उपाध्यक्ष श्रीमती साजना गैरे ज्यूँ 

उपाध्यक्ष श्री नरिश्वर खराल ज्यूँ 

सचिव श्री शिवकान्त खराल ज्यूँ 

सहसचिव श्रीमती अन्जु न्यौपाने 

कोषाध्यक्ष श्री कृष्ण सापकोटा 

सहकोषाध्यक्ष श्री चक्र प्रसाद जोशी ज्यूँ 

सदस्यहरु क्रमशः 

श्री गोविन्द देवकोटा ज्यूँ 

श्री पर्शुराम भन्डारी ज्यूँ  

श्री पूर्ण कंडेल ज्यूँ 

श्री गोकर्ण खड्का ज्यूँ 

श्री सूर्य पौड्याल ज्यूँ 

श्री राजेश भट्ट ज्यूँ  


निर्वाचित हुनुहुने सम्पूर्ण पदाधिकारी ज्यूँहरुलाई हार्दिक बधाई तथा सफल कार्यकालको लागी हार्दिक मंगलकामनाय शुभकामना व्यक्त गर्दछौं । 

यसै गरि  निवर्तमान् अध्यक्ष छविलाल अर्याल ज्युले आफ्नो  कार्यकाल सफलतापूर्वक सम्पन्न गरि नयॉ कार्यसमिति सर्वसहमत बनाउन सफल हुनु भएकोमा वहॉ लगायत सम्पूर्ण    निवर्तमान कार्यसमितिलाई बिशेष बधाई एवम् हृदयदेखि नमन गर्दै धन्यवाद ज्ञापन गर्दछु।  स्कटल्यान्डमा मा बसोवास गर्ने  सबै नेपाली समुदाय बीचको भ्रातृत्व, सदभाव , एकता र अखण्डतालाई अझै दिगो बनाउदै कार्यसम्पादन गर्न  नयॉ कार्यसमितिलाई  सफलता मिलोस  भन्ने हार्दिक कामना गर्दछु । 

कार्यसमिती पूर्ण रूपमा सर्व सहमत बनाउन तत्कालिन कार्यसमितिले गठन गरेको  निर्वाचन समितिका  संयोजक श्री कृष्ण देबकोटा , सहसयोजक श्री डिलाराम गैरे  र सहसयोजक श्री मीन खरेल ज्यु सहित को टिमले 2026-2028 को लागी सर्व सहमत कार्यसमिति स्वच्छ, निष्पक्ष र सफलता पूर्वक नयॉ नेतृत्व चयन गर्न  सफल हुनु भएकोमा हार्दिक बधाई तथा धन्यवाद ज्ञापन गर्दछु।अधिवेशन को लागी नास्ता पानीको व्यवस्थापन गर्नु हुने पशुपतिनाथ मन्दिरकी अध्यक्ष डली भट्ट ज्यू  लगायत सम्पूर्ण सहयोगी हातहरूलाई बिशेष धन्यवाद र नमन गर्दछु । 



स्कटल्यान्ड एवं युकेका सबै सामाजिक र धार्मिक संघसंस्थाहरू सँग सहकार्य र हातेमालो गरेर अगाडि बढ्नको लागि अरु एक जिम्मेवारी थपिएको महसुस गर्दै आफूले जानेर भ्याएसम्मको सामाजिक योगदान पुर्‍याउने प्रतिबद्धता जाहेर गर्दछु। र सामाजिक क्षेत्रमा सधैंभरि योगदान दिइरहनु हुने सबै सबैको लागि हृदयदेखि नमन गर्दै बिशेष आभार एवम्  कृतज्ञता प्रकट गर्दछु । 🙏🙏🙏

ग्लासको नेपलीज एसोसिएसन स्कटल्यान्ड 

अध्यक्ष रामप्रसाद कँडेल।

Post a Comment

Previous Post Next Post