इरान र अमेरिकाबीच पाकिस्तानको राजधानी इस्लामावादमा भएको उच्चस्तरीय शान्ति वार्ता कुनै ठोस नतिजा विना नै समाप्त भएको छ। झण्डै २१ घण्टाभन्दा लामो समयसम्म चलेको सघन छलफलमा दुवै पक्ष कुनै साझा सहमतिमा पुग्न सकेनन्।
वार्ता निष्कर्षविहीन बनेपछि अमेरिकी उपराष्ट्रपति जेडी भान्स आफ्नो प्रतिनिधिमण्डलसहित स्वदेश प्रस्थान गरिसकेका छन्।
दुई देशका प्रतिनिधिहरूबीच २१ घण्टाभन्दा बढी समय वार्ता चलेको थियो, जसलाई कुटनीतिक वृत्तमा निकै अर्थपूर्ण रूपमा हेरिएको थियो। स्वदेश फर्कनुअघि आयोजित पत्रकार सम्मेलनमा उपराष्ट्रपति भान्सले वार्ता सफल हुन नसक्नुमा इरानलाई जिम्मेवार ठहर्याए।
भान्सले सञ्चारकर्मीहरूसँग बोल्दै भने, "यो सम्झौता हुन नसक्नु अमेरिकाका लागि भन्दा पनि इरानका लागि नराम्रो खबर हो।"
यस वार्ताको विफलतासँगै मध्यपूर्वको तनाव कम गर्ने प्रयासमा तत्कालका लागि धक्का लागेको विश्लेषण गरिएको छ। दुवै पक्षबीच कुन विषयमा कुरा मिल्न सकेन भन्नेबारे विस्तृत विवरण भने सार्वजनिक गरिएको छैन।


Post a Comment