नेपालगन्ज बाँके
सिद्धार्थ जंग शाह
गर्मीको मौसम नजिकिँदै गर्दा नेपालगन्जमा यस सिजनकै सबैभन्दा प्रतिक्षित मनोरन्जनात्मक कार्यक्रमको तयारी तीव्र पारिएको छ। आगामी २०८३ साल जेठ १६ गते शनिबारका दिन नेपालगन्जमा "समर सन्डाउन पुल पार्टी" आयोजना हुन गइरहेको छ। पश्चिम नेपालमा विभिन्न कार्यक्रमहरू प्रवर्द्धन गर्दै आएको पश्चिम इभेन्ट्सले यस कार्यक्रमको आयोजना गर्न लागेको हो।
यो भव्य पुल पार्टी नेपालगन्जको प्रतिष्ठित होटल लर्ड्स प्लाजा (डायमण्ड प्यालेस) मा आयोजना हुनेछ। कार्यक्रममा युवापुस्ता माझ लोकप्रिय रहेका चर्चित डिजे तथा कलाकारहरूको आकर्षक प्रस्तुति रहनेछ, जसले संगीत र ऊर्जाले भरिएको वातावरण प्रदान गर्नेछन्। साथै, कार्यक्रममा लियो डिजे सेलिब्रा (Leo DJ Celebra) लगायत अन्य थुप्रै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको विशेष सांगीतिक प्रस्तुति र प्रस्तुतीकरण रहनेछ। कार्यक्रमबारे जानकारी दिँदै आयोजक मध्यका शब्द क्षेत्रीले यो कार्यक्रम नेपालगन्जमा अहिलेसम्मकै सबैभन्दा ठूलो र ऐतिहासिक पुल पार्टी हुने दाबी गर्नुभएको छ।
क्षेत्रीका अनुसार कार्यक्रममा सहभागी हुने पाहुनाहरूको सहजताका लागि सुरक्षा र लाइफ गार्डको समेत निकै मजबुत र राम्रो व्यवस्था मिलाइएको छ। त्यसैले सम्पूर्ण संगीत तथा मनोरञ्जन प्रेमीहरूलाई कुनै पनि किसिमको संकोच नमानी, ढुक्क भएर पुल पार्टीमा आई भरपूर रमाइलो गर्न आयोजक टोलीले हार्दिक आग्रह गरेको छ।
कार्यक्रमलाई राष्ट्रिय तथा स्थानीय स्तरका ठूला व्यावसायिक ब्रान्डहरूले सहयोग गरेका छन्। यस कार्यक्रमको मुख्य प्रायोजक टुबोर्ग रहेको छ भने सह-प्रायोजकका रूपमा एक्सट्रिम इनर्जी ड्रिंक रहेको छ। त्यस्तै, अर्निको इन्कर्पोरेसन प्रा. लि. र स्मोकिङ हेड्स पनि मुख्य साझेदारका रूपमा जोडिएका छन्।
कार्यक्रमलाई व्यवस्थित र सुरक्षित बनाउन विभिन्न क्षेत्रका प्रतिष्ठित साझेदारहरूले सहकार्य गरेका छन्:
सेलिब्रेसन पार्टनर: न्यूड र खुकुरी रम
हस्पिटालिटी पार्टनर: होटल कान्तिपुर प्लाजा
अटोमोटिभ पार्टनर: जिली इलेक्ट्रिक भेइकल
मेडिकल पार्टनर: नेपालगन्ज न्यूरो हस्पिटल प्रा. लि. र नेपालगन्ज स्किन सेन्टर
ज्वेलरी पार्टनर: न्यू ताज सराफ ज्वेलर्स ( पांचु एंड गुड्डू )
अनलाइन टिकेटिङ पार्टनर: ईसेवा
प्रिन्टिङ पार्टनर: ओम एड्भरटाइजिङ
बार व्यवस्थापन: बार अर्डर
यसका साथै हाउस अफ म्यूजिक, वेभ फिटनेस, सगुन इम्पोरियम,बिराट रियल स्टेट, नेको, निम्बु पानी, फॅमिली फुट वेर र द लेबल्स लगायतका संस्थाहरूले पनि यस कार्यक्रमलाई सपोर्टिङ पार्टनरका रूपमा सहयोग गरेका छन्।
टिकट तथा सम्पर्क जानकारी
नेपालगन्जको रात्रीकालीन जीवन र संगीतको मज्जा लिन चाहनेहरूका लागि यो कार्यक्रम उत्कृष्ट गन्तव्य बन्ने अनुमान गरिएको छ। कार्यक्रममा सहभागी हुन चाहनेहरूले ईसेवा (eSewa) मार्फत सजिलै आफ्नो डिजिटल टिकट बुक गर्न सक्नेछन्।
थप जानकारी, टेबल बुकिङ वा जिज्ञासाका लागि आयोजकले निम्न नम्बरहरू उपलब्ध गराएको छ:
९८४८२७३३५६
९८१२४७९८०९
९८६४७९०४९८



Post a Comment