कलेज अफ म्यानेजमेन्टको स्वागत र विदाई कार्यक्रम

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रमा शिक्षामा आफ्नो छुट्टै पहिचान राख्न सफल कलेज अफ म्यानेजमेन्ट नेपालगन्जले आज विद्यार्थीहरुलाई स्वागत र विदाई कार्यक्रम सम्पन्न गरेको छ ।


नेपालगन्जको गुरुद्वारा रोड नजिकै रहेको कलेज अफ म्यानेजमेन्टले आज अन्तिम वर्षको परीक्षा दिएका विद्यार्थीहरुलाई विदाई र प्रथम वर्षमा भर्ना भएका विद्यार्थीहरुलाई स्वागत कार्यक्रम गरेको कलेजका प्रिन्सिपल रमेश बस्नेतले बताउनुभयो ।

उक्त कार्यक्रममा प्रमुख अतिथि डा- प्रचण्ड गौतमले म्यानेजमेन्ट विषय आफैमा निपुण भएको तर यसलाई कसैले बुझ्न नसकेको उहाँले बताउनुभयो । जुनसुकै फिल्डमा पनि व्यवस्थापन आवश्यक रहेको हुन्छ यो पढाइलाई कसैले नबुझ्दा व्यवस्थापन विषय पढ्ने विद्यार्थीहरुको सङ्ख्या कम रहेको उहाँको भनाइ रहेको थियो ।कार्यक्रममा विद्यार्थीहरुले सांस्कृतिक कार्यक्रम समेत राखेका थिए । उनीहरुले प्रथम वर्षका विद्यार्थीलाई स्वागत र विदाई गर्ने विद्यार्थीहरुलाई मायाको चिनो प्रदान गरेका थिए । उक्त कार्यक्रममा कलेजका सञ्चालकहरु, पत्रकार, शिक्षक शिक्षिकाहरु, विद्यार्थीहरुको उपस्थिति रहेको थियो ।

Post a Comment

Previous Post Next Post