कर्मचारीमा काेराेना देखिएपछि प्रशासनका सबै सेवा बन्द

 दैलेख। जिल्ला प्रशासन कार्यालय दैलेखको नियमित सेवा प्रवाह रोकिएको छ । जिल्ला प्रशासनमा कार्यरत ४ जना कर्मचारीलाई कोरोना भाइरस (कोभिड-१९) संक्रमण देखिएपछि कार्यालयबाट प्रवाह हुने सबै प्रकारका सेवा बन्द गरिएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए । कोरोना संक्रमण पुष्टि भएका कर्मचारीहरु उपचाररत रहेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।

उनका अनुसार प्रशासनमा कार्यरत कर्मचारीहरुमा समेत कोरोना संक्रमणको लक्षण देखिएपछि परीक्षणको क्रममा रहेको र सेवाग्राहीहरुको स्वास्थ्य सुरक्षा संवेदनशीलतालाई मध्यजनर गर्दै आज माघ १७ गते सोमबारदेखि २१ गतेसम्मका लागि सेवाप्रवाह बन्द गरिएको हो । अनुसार मुद्धा, विपद् व्यवस्थापन र शान्ति सुरक्षाका सेवा प्रवाहरु नियमित रुपमा सञ्चालन हुने प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए ।


राष्ट्रिय वाणिज्य बैंकमा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना पुष्टि भएपछि सेवा बन्द गरिएको बैंकले जनाएको छ । राष्ट्रिय वाणिज्य बैंक दैलेख शाखामा कार्यरत अधिकांश कर्मचारीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएपछि एक हप्ता सेवा बन्द रहने उल्लेख छ । गत शुक्रबारदेखि एक हप्तासम्म शाखा कार्यालय बन्द छ । शनिबारसम्म जिल्लामा ८६ जनामा संक्रमण पुष्टि भइसकेको स्वास्थ्य सेवा कार्यालय दैलेखका निमित्त स्वास्थ्य सेवा व्यवस्थापक थीरप्रसाद रेग्मीले जानकारी दिए।

Post a Comment

Previous Post Next Post