नायीका अरुणिमा लम्साल भन्छिन म हराएको छैन, फिल्ममा फर्किन्छु :

कुनै बेला राम्रो माग भएकी अभिनेत्री हुन्, अरुणिमा लम्साल । ‘धड्कन, अग्नी ज्वाला, अभिमन्यू, इन्द्रेणी, के यो माया हो’ लगायत ५० बढी फिल्ममा अभिनय गरेकी उनी पछिल्लो पटक फिल्म ‘उर्वशी’ मा देखिएकी थिइन् । तर, छोरीको जन्मपछि अभिनय गरेका फिल्महरु नचलेपछि उनी अमेरिका पलायन भइन् । त्यसपछि उनले नेपाल फर्किएर फिल्म अभिनयलाई निरन्तरता दिएकी छैनन् ।

 
तर, अरुणिमा आफूलाई आजिवन फिल्ममा अभिनय गर्ने इच्छा रहेको बताउँछिन् । अमेरिकामै बस्दै आएकी अर्की अभिनेत्री ऋचा घिमिरेसँगको कुराकानीमा उनले फिल्ममा अभिनय गर्न मन नलागेर अमेरिका नआएको बताउँदै फिल्म इन्डस्ट्रीलाई हमेशा सम्झिने गरेको र नेपाल आएको समयमा फिल्ममा अभिनय गर्ने इच्छा रहेको बताइन् । आफू फिल्मकै लागि जन्मिएको उनको भनाई छ ।
 
अरुणिमाले भनेकी छन्, ‘म हराएको छैन । मैले केही समयका लागि विश्राम लिएको हुँ । तपाईंहरुसामु म फेरि आउँछु । कुन दिन कहिले भन्ने कुरा चाहिँ अहिले नै भन्न सक्दिनँ तर ढिलो-चाँडै फिल्ममा अवश्य नै फर्किन्छु । मलाई फिल्ममा काम गर्न एकदमै मन लागेको छ । नेपाल गएपछि फिल्ममा काम गर्छु भन्ने छ । आजिवन फिल्ममा काम गरिरहुँ र दर्शकमाझ आइरहुँ भन्ने सोचमा छु ।’ 
 
उनले श्रीमान् अमित अर्यालसँग डिभोर्सको विषयमा पनि पहिलो पटक मुख खोलेकी छन् । उनी भन्छिन्, ‘कुनै बेला मन पराएको थिएँ । माया गरेको थिएँ । कुरा मिल्यो विवाह गर्‍यौं, कुरा मिलेन अलग भयौं । तर, पूर्व पतिलाई दुश्मन नै किन ठान्नु ! उहाँ अहिले मेरो साथी हुनुहुन्छ । हामी सहमतिमै छुटिएका थियौं ।’ उनले छोरीको सुःख-दुःखमा आफूहरु एकसाथ हुने गरेको बताएकी छन् । 

Post a Comment

Previous Post Next Post