मकवानपुरमा १ सय १० किलो गाँजासहित एक पक्राउ

मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित एक जनालाई नियन्त्रणमा लिएको छ ।

ईलाका प्रहरी कार्यालय मनहरीबाट खटिएको प्रहरी टोलीले मकवानपुरको राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बाट गाँजासहित एकजनालाई नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता – प्रहरी नायब उपरिक्षक जयश्वर रिमालले बताउनुभयो ।

प्रहरीले गाँजा बोक्ने राक्सिराङ गाउँपालिका वडा नम्बर ५ बस्ने ३६ वर्षका रामकुमार प्रजालाई नियन्त्रणमा लिएको छ । पिठ्युँमा गाँजा बोकर आइरहेका अरु व्यक्तिहरु भने फरार भएको रिमालले बताउनुभयो ।

प्रहरीले उक्त स्थानबाट प्रजा सहित लागूऔषध गाँजा एक सय १० किलो फेला परेको छ । अन्य व्यक्तिको खोजी कार्य भइरहेको र पक्राउ परेका प्रजा माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

Previous Post Next Post