शिक्षकले कक्षा कोठामा अब पुस्तक होइन, शैक्षिक सामग्रीको प्रयोगबाट पढाउनुपर्छ

 

यात्रा मिडिया हाउस, बर्दिया, माघ १६ । विभिन्न विषयका शैक्षिक सामाग्रीले भरिभराउ कक्षा कोठा, झट्ट हेर्दा कुनै शैक्षिक प्रर्दशनी मेला झैँ लाग्ने, मानौ की मेलामा व्यापारीले खेलौना सामाग्री बेच्न राखेका छन् । तर तीँ सबै बाल कक्षादेखि १२ कक्षासम्मका नेपाली, अंग्रेजी, सामाजिक, स्वास्थ्य लगायतका विभिन्न विषय पढाउँदा आवश्यक पर्ने हातले निर्माण गरिएका कक्षा कोठामा प्रयोग गरिने शैक्षिक सामाग्रीहरु सजिसजाउ राखिएका थिए ।


यत्तिकैमा एउटा हातमा मानव शरिर र तिनका अंग लेखिएको फोटो लिएर शिक्षक दुर्गा मल्ल कक्षा कोठामा प्रवेश गर्नुहुन्छ । सबै विद्यार्थीहरुलाई उठन लगाई बुढी औँला तलतिर, माथीतिर, बुढी औला घुमिघुमि नाचिरहेछ हेर भन्दै गीतको बोलमा गाउँदै बुढी औला आफुसंगै चलाउन आग्रह गर्नुभयो । अंगहरुको नाम सहितको मानव शरिरको फोटो देखाउँदै आफ्नो बाहिरी शरिरका अंगहरु देखाउँदै अंग्रेजीमा नाम सिकाउनुहुन्छ त्यसपछि केही विद्यार्थीलाई मानव शरिरको नाम लेखिएको कार्ड लिएर कापीमा लेख्न पठाउनुभयो । छिटो लेख्ने एक जना प्रथम र अर्का दोस्रो भए । उहाँले आफैले तयार पारेका शैक्षिक सामाग्रीको प्रयोगबाट मानव शरिका अंगहरुको नाम पढाइरहनुभएको थियो ।


यस्तै शिक्षक धर्म घर्तीले पनि ३ जना विद्यार्थीलाई कक्षा कोठामा प्रतिश्पर्धा गराईरहनुभएको थियो विद्यार्थीहरुको दौडधुप चलेको थियो ३ जना मध्ये छिटो र धेरै मिलाउने एक जना प्रथम, क्रमशः अर्का दोस्रो र अर्का तेस्रो भए । उहाँ पनि आफैले तयार पारेका शैक्षिक सामाग्रीको प्रयोगबाट अंग्रेजी विषयको टेन्स पढाउँदै हुनुहुन्थ्यो । तर त्यहाँ सहभागि शिक्षकहरुले विद्यार्थीको भुमिका निभाउँदै शिक्षकले आफ्नो विद्यालयको कक्षा कोठा परिकल्पना गरेर पढाएको एउटा अभ्यास दृस्य मात्र थियो ।



रोचक एवं मनोरञ्जनात्मक ढंगबाट खेल तरिका अपनाएर शिक्षक दुर्गा मल्ल, धर्म घर्ती लगायत तालिममा सहभागी शिक्षकहरुले कृयाकलापमा आधारित शिक्षण सिकाइ अभ्यास पालो अनुसार गरीरहनु भएको थियो । अभ्यास गर्ने शिक्षक र तालिममा सहभागि शिक्षकहरु विद्यार्थीको भुमिका निर्वाह गर्दै तालिमबाट सिकेका सिप अभ्यास गर्दै कक्षा कोठा सम्झेर पढाइरहनुभएको अभ्यास मात्र थियो ।


विद्यालयमा सिकाइ सुधार योजना अन्र्तगत शिक्षकका लागि आयोजित तालिमको अनुगमन तथा अवलोकनमा ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननारायण श्रेष्ठ, प्रमुख प्रशासकिय अधिकृत रामहरी रिजाल, वडा नम्बर ३ का वडाध्यक्ष एवं विद्यालय व्यस्थापन समितीका अध्यक्ष श्रीकृष्ण थारु, शारदा आधारभुत विद्यालयका प्रधानाध्यापक नवराज ढुंगाना, पत्रकारहरू लगायत सहभागि हुनुहुन्थ्यो ।


विद्यालयमा सिकाइ सुधार योजना अन्र्तगत कृयाकलापमा आधारित सिकाइमा शिक्षकले शैक्षिक सामाग्री निर्माण गरेर र परियोजनामा आधारित सिकाइमा स्थलगत बस्तुलाई देखाएर वा छोएर पढाउँदा विद्यार्थीहरुको शिक्षण सिकाइ वृद्धि हुने उदेश्यले शिक्षकहरुका लागि तालिमको आयोजना गरिएको हो ।


मंगलबारदेखि सुरु भएको तालिम सोमबारसम्म संचालन हुनेछ । विद्यालयमा सिकाइ सुधार योजना अन्र्तगत कृयाकलापमा आधिरित सिकाइ र परियोजनामा आधारित सिकाइ शिक्षकका लागि आयोजना गरिएको तालिमले सिकाइमा केहि पनि नभएका विद्यालयलाई टेवा पुग्ने जनाईएको छ । शिक्षकले प्राप्त गरेको तालिम जबसम्म विद्यालयमा गएर विद्यार्थीलाई अभ्यास गराएर सिकाउँछन तब मात्र आयोजना गरेको तालिमले सार्थकता पाउँछ ठाकुरबाबा नगरपालिकाका नगरप्रमुख घननाराण श्रेष्ठले भन्नुभयो ।


नगरप्रमुख श्रेष्ठले कृयाकलापमा आधारित सिकाइ तालिम निक्कै प्रभावकारी छ तालिममा सिकेका अभ्यास विद्यालयमा गएपछि विद्यार्थीहरु समक्ष प्रस्तुग गर्न शिक्षकहरुलाई आग्रह गर्नुभयो । उहाँले कोभिडका कारण विद्यालय नखुलेको अवस्थामा विदालाई सदुपयोग गर्दै प्रभावकारी तालिममा सिकेका कुरा नगरभित्र रहेका सबै वडाका शिक्षकहरुलाई सिकाउन समेत अनुरोध गर्नुभयो ।

 

शिक्षकहरु तयारी बिना नै पुस्तक लिएर कक्षा कोठामा जाने प्रचलन छ । शिक्षकहरुले अब पुस्तक लिएर होइन शैक्षिक सामाग्री प्रयोग गरेर पढाउनु पर्छ । विद्यार्थीहरुले पनि विद्यालय जाउँ, शिक्षकसंग नजिक बसेर खुलेर पढौँ भन्ने खालबाट शिक्षण सिकाइलाई नयाँ ढंगबाट अभ्यास गराएर पढाउनु पर्छ अनि मात्रै विद्यार्थीको सिकाइमा सुधार आउँछ भनेर अनुसन्धान गरिएको प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले बताउनुभयो ।


यो तालिम लिएपछि अबदेखि शिक्षकले विषय र पाठसंग सम्बन्धित शैक्षिक सामाग्री आफैले हातैले तयार गरेर पढाउनुहुन्छ । अहिलेसम्म विद्यालयमा कम्पीउटर र विज्ञान ल्याब छ । तर अन्य विषयको नभएका कारण सबै विषयको ल्याब तयार गरि शैक्षिक सामाग्रीको प्रयोग गरेर वाल कक्षादेखि १२ कक्षाका विद्यार्थीलाई पढाउनु पर्ने अनि मात्र सिकाइ उपलब्धि वृद्धि हुने उहाँले बताउनुभयो ।


विद्यालयमा सबै विषयको शैक्षिक सामाग्री अनिवार्य गर्नुपर्ने अनि मात्र विद्यालयको शैक्षिक सिकाइ गुणस्तर वृद्धी हुने भएकाले एबिएल अर्थात कृयाकलापमा आधारित सिकाइ आफैले तयार गरेको शैक्षिक सामाग्रीको प्रयोगबाट पढाउनु पर्ने हुन्छ भने पिबिएल अर्थात स्थलगत रुपमा परियोजनामा आधिरित बस्तुसंग नजिक भएर छोएर अर्थात देखाएर पढाउनु पर्ने हुन्छ ।


विद्यालयमा सिकाइ सुधार योजना अन्र्तगत पर्ने नेपाली माटोमा निकै लामो समयसम्म अनुसन्धान गरिएको नेपालका दुइ मात्र अनुसन्धानकर्ताले अनुसन्धान गरेको एबिल अर्थात कृयाकलापमा आधारित सिकाइ र पिबिएल अर्थात परियोजनामा आधारित सिकाइ शिक्षकले शैक्षिक सामाग्री निर्माण गरेर र स्थलगत देखाएर पढाउँदा विद्यार्थीहरुको सिकाइमा वृद्धि हुने अनुसन्धानकर्ताले जनाएका छन् ।


ग्लोबल स्कील डेभलपमेन्ट नेपालका प्रबन्धक वरिष्ट प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवाली र टाक्स नेपालका प्रवन्धक प्रशिक्षक अर्जुन भट्टले प्रशिक्षण दिइरहनु भएको छ । देशभरका ५४ वटा जिल्लाका सामुदायिक र संस्थागत विद्यालयका शिक्षकहरुलाई प्रशिक्षण गराईएको ग्लोबल स्किल डेभलपमेन्ट नेपालका प्रबन्धक वरिष्ट प्रशिक्षक क्षेत्रप्रसाद ज्ञवालीले बताउनुभयो ।


शिक्षकका लागि यो तालिम निकै प्रभावकारी छ, आफ्नो विषसंग सम्बन्धित शैक्षिक सामग्री निर्माण अबेर रातीसम्म गर्नुृ पर्छ शिक्षक शुरेन्द्र लम्सालले भन्नुभयो । तालिममा विद्यालयका केही शिक्षकहरु भने नियमित उपस्थित नभएको समेत पाईएको छ ।


ठाकुरबाबा नगरपालिकाको वडा नम्बर ३ मा रहेको चुरे माध्यामिक विद्यालय बगनाहाको आयोजना एवं ३ नम्बर वडा कार्यालयको आर्थिक सहयोगमा वडा नम्बर ३ भित्र रहेका ४ वटा विद्यालयका शिक्षकहरुका लागि कृयाकलापमा आधारित सिकाइ र परियोजनामा आधिरित सिकाइ तालिम आयोजना गरिएको ठाकुरबाबा नगरपालिका वडा नम्बर ३ का वडाध्यक्ष एवं चुरे माध्यामिक विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्रीकृष्ण थारुले बताउनुभयो ।


वडा नम्बर ३ भित्र रहेका चुरे माध्यामिक विद्यालय बगनाहा, हिमालय आधारभुत विद्यालय मिर्चैया, सरस्वती आधारभुत विद्यालय नेउलापुर र मालिका प्राथमिक विद्यालय गोदाना गरि ४ वटा विद्यालयका झण्डै ६० जना शिक्षकहरुको सहभागिता रहेको चुरे माध्यामिक विद्यालयका प्रधानाध्यापक राजेश यादवले बताउनुभयो ।


Post a Comment

Previous Post Next Post