विमानस्थलबाट मलद्वारभित्र लुकाएर ल्याएकाे सुन बरामद मोबाइल र सुनसहित तीन जना पक्राउ

 त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट एक किलो १५५ ग्राम सुन र पाँच वटा मोबाइलसहित प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। 



बुधवार एयर अरेबियाको विमानमार्फत काठमाडौं आएका दावा छिरिङ शेर्पाले बेलनाकार बनाइएको अर्धठोस १ किलो ५५ ग्राम सुन मलद्वार भित्र लुकाएको अवस्थामा भेटिएको छ।

पक्राउ परेका ५० ग्राम सुन ल्याउनेमा रौतहट घर भएका सुनिलकुमार शाह र मकवानपुर घर भएका नवराज परियार छन्। उनीहरु हिमालय एयरलाइन्सबाट काठमाडौं आएका थिए। प्रहरीले सुनिलकुमार शाहको साथबाट ४ थान  १३ प्रो म्याक्स एक-एक वटा ५० ग्राम सुनको बेरूवा औंठी र सिक्री बरामद गरेर त्रिभुवन विमानस्थल भन्सार कार्यालयमा बुझाइएको छ। भने परियारको साथबाट एक वटा आइफोन १३ प्रो म्याक्स तथा दुईवटा ५० ग्राम सुनको बेरूवा औंठी बरामद गरेको छ।

यात्रुहरुको गतिविधि शंकास्पद देखिएकोले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आगमन टनेल गेटबाट नियन्त्रणमा लिई चेकजाँच गर्दा उल्लेखति सुन तथा मोबाईलहरु अबैध रुपमा लुकाई छिपाई भन्सार छली गरी लैजान लागेको अवस्थामा फेला पारिएको विमानस्थलले जनाएको छ। 

उनीहरुलाई आवश्यक अनुसन्धान एवं कारबाहीको लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय, गौचरमा बुझाइएको  अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा कार्यालयले जनाएको छ।

Post a Comment

Previous Post Next Post