काठमाडौंको सामाखुसीमा मेनपावर पुगेका युट्युबर निर्घात रुपमा कुटिए

 


काठमामडौं। काठमाडौंको सामाखुसीस्थित ट्रिपल स्टार मेनपावरमा भिडिओ खिच्न पुगेका युट्युबरलाई मेनपावर सञ्चालक र उनका समर्थकले मंगलबार निर्घात कुटेका छन्।

वैदेशिक रोजगार सम्बन्धी विषयमा विवाद भएपछि हात हालाहाल हुँदा ३ जना घाइते भएको महानगरीय प्रहरी परिसर काठमाडौँका एसपी दिनेशराज मैनालीले बताए।


प्रहरीका अनुसार मंगलबार दिउँसो मेनपावरबाट पीडित भएकाहरूको साथमा युट्युबरहरु टोखा नगरपालिका–१४ स्थित मेनपावरको कार्यालयमा पुगेका थिए। घाइतेहरूको बसुन्धारास्थित ग्रिन सिटी अस्पतालमा उपचार भइरहेको छ।मेनपावर सञ्चालक र समर्थक युट्युबरमाथि जाइलागेपछि मेचिङ नेपाल च्यानलमा कार्यरत ३४ वर्षीय दिपेश राज पाण्डे, ४२ वर्षीय हरि प्रसाद पाठक र ३५ वर्षीय दशरथ भण्डारी घाइते भएका छन्।

Post a Comment

Previous Post Next Post