चट्याङ परेपछि गौतम बुद्ध विमानस्थल बन्द

  गौतम बुद्ध विमानस्थल बन्द भएको छ । शुक्रबार परेको वर्षा, हावा र विमानस्थल नजिकै परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको हो । विमानस्थलका महाप्रवन्धक गोविन्दप्रसाद दाहालका अनुसार दिउँसो ४ बजे टावर नजिकै परेको चट्याङले टावरमा धुवाँ उडेको थियो ।


साथै टावरको तार चुडिएको र रन्वेको पापी (पीएपीआइ) लाईट बिग्रेको कारण विमानस्थल बन्द गरिएको दाहालले बताए ।
'समस्या आएपछि विमानस्थल बन्द गरिएको छ,' उनले भने, 'शनिबार पनि लाईट बने राति अवतरण हुनेछ अन्यथा भिओआर प्रविधिको प्रयोगबाट दिउँसो मात्र विमानस्थल सञ्चालनमा आउने सम्भावना रहेको छ ।'

विमानस्थल बन्द भएपछि भैरहवा विमानस्थलबाट काठमाडौं जान पर्खेका यात्रु र यहाँ आउने यात्रुहरु समस्यामा परेका छन् ।

Post a Comment

Previous Post Next Post