नारायण नगरपालिकाले सुनेन अभियन्ताहरुको आवाज

✍️ शिव राज सारु मगर यात्रा संवाददाता (दैलेख):
 दैलेख जिल्लाको सदरमुकामको बिच भागमा रहेको जिल्लाकै पुरानो नारायण नगरपालिकाले सरसफाई अभियन्ताहरुको पत्रको सुनुवाइ नगरेको पाईएको छ l केही साता अघि देखि सुरु भएको सो अभियान आज पाँचौ साता सम्म आईसक्दा पनि पालिकाले केही चासो नदेखाएको भन्दै नारायण नगरपालिका प्रति अभियन्ताहरुले गुनासो पोखेका छन् l


यो अभियान पौष २४ गते शनिबार देखि सुरु भएको थियो l यस अभियानलाई पञ्चकोशी ज्वाला युवा प्रतिष्ठानले सञ्चालन गर्दै आएको हो l सुरुको दिनमा दैलेख जिल्लाको जिल्ला अस्पतालको प्राङ्गणको वरिपरि सरसफाई गर्दै नारायण नगरपालिका ८ को बजार क्षेत्र तर्ताङ्ग हुँदै सरस्वती विद्राआश्रम सम्म आएर अभियान सम्पन्न गरिएको थियो l त्यस्तै दोस्रो साता माघ १ गते सोही ठाउँबाट सुरु गर्दै दैलेख जिल्लाको पुरानो बसपार्कसम्म सरसफाई गरि अभियानलाई सप्पन्न गरिएको थियो l तेस्रो साता पुरानो बसपार्क देखि सुरु गर्दै दैलेख जिल्लाको सदरमुकाम पुरानो बजार हुँदै धार्मिक तिर्थस्थल श्रिरिस्थान जाने बाटोसम्म आईपुगी अभियानलाई सम्पन्न गरिएको थियो l
चौथो सातामा पनि सोही ठाउँबाट सुरुगर्दै दैलेख जिल्लाको सदरमुकामको लोकतान्त्रिक चोक हुँदै देवकोटा चोकसम्म पुगि अभियानलाई सप्पन्न गरिएको थियो .


यो अभियान प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सञ्चालन हुँदै आएको छ। यो अभियान गत शनिबार बर्षा र हिमपातका कारण हुन सकेको थिएन् l सो अभियान आज भएको छ l सुरुको चरण देखि नै जथाभावी फालिएका प्लास्टिक कागज र फोहोरलाई सफा गर्दै आएका छौ र फोहोर गर्ने जो कोहिलाई जनचेतनाका केही कुराहरु बुझाएका छौ, अभियन्ताहरु बताउछन् l




यस अभियानमा सरसफाई गरिएका सबै फोहोरहरु अभियन्ताहरुले दैलेखको सदरमुकाम भित्रको सडकको कुनै एक निश्चित ठाउँ राखिदिएका छौ र त्यस फोहोरलाई फेरि कुनै एक निश्चित ठाउँमा व्यवस्थापन गरिदिन भनि नारायण नगरपालिकामा पटक-पटक मौखिक रुपमा र एक पटक लिखित रुपमा पनि जानकारी गराउँदा पनि पालिकाले हाम्रो आवाज नसुनेको बताउँछन् 



नारायण नगरपालिकाले दिएको समयमा हाम्रो आवाज सुनिदिएको छैन् l अब हामी फेरि एकचोटी पत्राचार गर्छौ र फेरि पनि हाम्रो आवाज सुनुवाई नभएमा हामी अर्को कदम चाल्न बाध्य हुने छौ र त्यसको जवाफदेही नगरपालिकाका स्वयम आफै हुनुपर्ने बताउँछन सरसफाई अभियन्ताहरु l

Post a Comment

Previous Post Next Post