काठमाडौंः विश्वप्रसिद्ध गायिका लता मङ्गेशरको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारीले शोक व्यक्त गरेकी छिन्। राष्ट्रपति भण्डारीले मङ्गेशकरले नेपाली गीत सङ्गीतमा दिएको योगदानको स्मरण गर्दै शोक व्यक्त गरेकी हुन भण्डारीले ट्वीटरमार्फत शोक प्रकट गरेकी हुन्।
उनले लेखेकी छिन- “धेरै नेपाली गीतलाई समेत आफ्नो सुमधुर आवाजले सजाउनुभएकी भारतकी प्रख्यात गायिका लता मङ्गेशकरको निधनको खबरले मलाई दुःखी बनाएको छ। असाधारण प्रतिभाकी धनी दिवङ्गत लता मङ्गेशकरप्रति भावपूर्ण श्रद्धाञ्जली।”
गायिका मङ्गेशकरको आज ९२ वर्षको उमेरमा निधन भएको हो।
Post a Comment