घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि…

           घरधनी प्रदीप थापाले पल र बालिका राति एउटै कोठामा बसेको बयान दिएपछि…



बालिका करणीको अभियोगमा हिरासतमा रहेको पल शाहमाथि अनुसन्धान चलिरहेको छ । जिल्ला प्रहरी कार्यालय तनहुँले पल शाहसँग बयान लिएपछि घटनासँग सम्बन्धित व्यक्तिहरुसँग बयानलाई गति दिएको छ ।

लात्कार भएको भनिएको तनहुँको शुक्लागण्डकी नगरपालिका ९ दुलेगौडाका प्रदीप थापाको घर अनुसन्धानको दायरामा परेको छ । थापा र उनकी पत्नीसँग प्रहरीले बयान लिइसकेको छ । प्रहरीका अनुसार थापा दम्पत्तिले पल शाह र पीडित भनिएकी बालिका राति एउटै कोठामा बसेको बयान दिएका छन् ।१४ वैशाख २०७८ को राति पल र बालिका एउटै कोठामा बसेको र अर्का व्यक्ति कमल खत्री छुट्टै कोठामा बसेको बयान दिएको बुझिएको छ । प्रहरीलाई दिइएको जाहेरीमा उक्त दिन रक्सी सेवन गरी राति ११ बजे कोठा खोल्न लगाई जर्बजस्ती करणी गरेको उल्लेख छ ।पल शाहले भने जर्बजस्ती करणी अस्वीकार गरेका छन् । घटनासँग सम्बन्धित भनिएका गायक दुर्गेश थापालगायतसँग पनि प्रहरीले बयान लिइसकेको छ ।यसैगरी, पल शाहमाथि परेको अर्को उजूरीबारे नवलपरासीमा अनुसन्धान बढेको छ ।

Post a Comment

Previous Post Next Post