प्रहरी द्वारा कुटपिट पछि सुर्खेतमा एकजनाको मृत्यु :आन्दोलन मा प्रहरी माथि ढुङ्गामुढा

पुष्कर खड्का सुर्खेत : नेपालगन्जदेखि सुर्खेत आउदै गर्दा गाडिमा सवार कालिकोट तिलागुफ्फा नगरपालिकाका ३४ बर्षका मिनि हमालकाे सुर्खेतको बिरेन्द्रनगरमा प्रहरीकाे कुटपिटबाट मृत्युु भएकाे छ। कुटपिटबाट गम्भीर घाइते भएका हमालकाे उपचारकाे क्रममा सुर्खेत हस्पिटलमा मृत्युु भएकाे जनाईएकाे छ। उपचारका क्रममा सुर्खेत हस्पिलतमा शनिबार दिउँसो मृत्यु भएको हो। भे १ क ९२२ नम्बरको गाडीमा सवार यात्रु समेत रहेका हमालकाे गएराति सुब्बाकुना प्रहरी चाैकिमा निर्घात कुटपिट भएकाे आफन्तले जनाए ।


‘तल्लो पेट र अण्डकोषमा चोट लागेको थियो।’ मृत्तकका अंकल कलमबहादुर हमालले भने, गाडीको स्टाफलाई पनि दुई जना प्रहरीले कुटपिट गरेका थिए। उनीहरु प्रहरीले सोधपुछका लागि नियन्त्रणमा लिएकोछ छ।’ के कति कारणले मृत्यु भयो भन्नेबारे अनुसन्धान भईरहेको सुर्खेत प्रहरी प्रवक्ता रामप्रसाद घर्तीले जानकारी दिए। ‘कुटपिटपछि मृत्यु भन्ने खवर आयो।’ प्रहरी प्रवक्ता घर्तीले भने, विस्तृत विवरण बुझ्दै छौं

अनुसन्धानपछि सवै खुल्नेछ।’मृत्यु पछि मृर्तका आफ्नतसहित ठूलो संख्यामा सुर्खेत को एरिचोक र मँगलगढि चोकमा टायर बालेर तथा गाडिहरु चक्काजाम गरेर आन्दोलन गरिएको छ । हत्यारालाई फाँसी दे, प्रहरी दमन मुर्दाबाज भन्दै आन्दोलन मा प्रहरी माथि ढुङ्गामुढा प्रहार भएको छ ।

Post a Comment

Previous Post Next Post