१७ अौँ हप्तासम्म पायो सरसफाइ अभियान ले निरन्तरता

१७ अौँ हप्तासम्म पायो सरसफाइ अभियान ले निरन्तरता 

पुष्कर खड्का दैलेख : पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान पुरानो बजार दैलेखले करिब ४ महिना अघिदेखि सरसफाइ अभियान गर्दै आएको छ । 

“सामाजिक रुपान्तरणको अभियानमा, हामी सबैको एक्यवद्धता” 


“परिवर्तनको हिस्सा बन्नुहोस् राम्रो काम लागि लागि पर्नुहोस्” 

भन्ने नाराका साथ सो अभियान सुभारम्भ गरेको अभियानले आजसम्म निरन्तरता पाएको छ । प्रतिष्ठानका अध्यक्ष लोकेश गिरीको संयोजकोत्वमा सदस्य, स्थानीय युवाहरुको समूह र दैलेख जिल्ला अस्पतालको प्राङ्गण बाट सुरु गरिएको अभियान दैलेख सदरमुकाम , बेलासपुर, बसपार्क, श्रिस्थान तथा विभिन्न ठाँउहरुमा सरसफाइ गरेर आज दैलेख जिल्लाको रानिधारा मा सम्पन्न भएको छ ।उक्त ठाँउमा यश अगिपनि सरसफाइ भईसकेको अदक्ष्य गिरीले जानकारी दिनु भएको छ साथै अभियानलाइ साथ दिन काठमाडौं को हलेसि डेकोर र भि-बोन ले टि-शर्ट प्रदान गरेको छ । यस अभियानमा प्रत्येक हप्ताको शनिबार बिहान ८:०० बजे देखि १०:०० बजे सम्म २:०० घण्टा दैलेख सदरमुकामको विभिन्न ठाउँ सरसफाइ गरि यस अभियानलाई निरन्तरता दिईने छ l 


साथै कुनैदिन अतिआश्यक ठाँउमा जुनसुकै बारमा पनि सरसफाइ हुने अध्यक्ष गिरीले बताउनु भएको छ। 

Post a Comment

Previous Post Next Post