रा.प्र.पा बाट २२ बर्षिय किशोरि गाँउपालिका उपाध्यक्ष मा सिफारिस ।

पुष्कर खड्का दैलेख: राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा) बाट २२ बर्षिय किशोरी गाँउपालिका उपाध्यक्ष मा सिफारिस भएकि छिन । दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका वडा नं. ७ की कल्पना शाही गाउँपालिका उपाध्यक्षमा सिफारीस भएकी हुन् ।

 आइतबार बसेको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को बैठकले स्थानीय तहको निर्वाचनको लागि गाउँपालिका अध्यक्षमा भगवतीमाई गाउँपालिका वडा नं. २ का कमल बहादुर शाही र वडा नं. ७ कि कल्पना शाहीलाई सर्बसम्बत सिफारिस गरेको राप्रपाले जनाएको छ ।

 
वि.स. २०५७ असाेज ६ मा जन्मिएकी कल्पनाले ससुराले पार्टिको स्थापना काल देखि राजनिति गर्दै आएकाे साथै श्रीमानले पनि राजनीति गर्दै आएकोले आफुलाई हाैसला भएकाे बताइन । उनले भनिन्र गाउँपालिकाको जिम्वेवारी पुरा गर्ने आट भएकोले उपाध्याक्षको उम्मेद्धार बनेकी हुँ मलाइ गाउँ कमिटिले सर्बसम्वत सिफारीस गरेकाे छ । पार्टिले टिकट दिएको खण्डमा र जनताले बिजयि गराए गाउँपालिकाको नेत्रित्व गर्ने उनले बताएकी छन् 

। शाही विगत २ बर्ष देखि पार्टीमा सक्रिय रुपमा लागिरहेकी छन् । पंचकोशी ज्वाला यूवा प्रतिष्ठान की सदस्य उनि सरसफाई अभियान सामाजिक काममा पनि सक्रिय रुपमा लागेकी छिन् । उनि अहिले राप्रपा महिला संगठनकाे जिल्ला सचिव पदमा रहेर जिम्मेवारी समालिरहेकी छन् भने उनी नारायण बहुमुखि क्याम्पस दैलेखकि अध्यनरत छात्रा पनि हुन ।



Post a Comment

Previous Post Next Post