यातायात व्यवस्था कार्यालयको फेसबुक पेजमा ‘केजीएफ टु’ को प्रचार !



काठमाडाैं । गण्डकी प्रदेश नवलपुरमा रहेको यातायात व्यवस्था कार्यालय कावासोतीको आधिकारिक फेसबुक पेजबाट भारतीय चलत्रित्र ‘केजीएफ च्याप्टर टु’ सम्बन्धी एक पोस्ट अपलाेड भयाे ।


१४ हजारभन्दा बढी फलोअर रहेको सो पेजमा नियमित रुपमा सवारी चालक अनुमतिपत्रका लागि लिखित परिक्षा मिति, परीक्षाको नतिजा, ट्रायल मिति सम्बन्धि जानकारी पोस्ट हुन्थ्यो ।

शनिबार साँझ उक्त पेजबाट ‘केजीएफ च्याप्टर टु’ काे प्रचार हुने पोस्ट शेयर भयाे र केही समयमै पाेस्ट डिलिट भयाे।

आज साेही पेजमा यातायात व्यवस्था कार्यालयको फेसबुक पेज आफ्नो नियन्त्रणमा नरहेको भन्दै अर्काे पोस्ट शेयर भएकाे छ । सँगै सोही पोस्टमार्फत पेजलाइ रिपोर्ट गरी बन्द गरिदिन समेत आग्रह गरिएकाे छ ।

केही दिनदेखि पेज आफ्नो नियन्त्रणमा नरहेपछि यातायात व्यवस्था कार्यालय नवलपुर कावासोतीले अर्को पेज बनाएको छ ।

पुरानो फेसबुक पेजबाट एडमिन अथोरिटी परिवर्तन गर्न नमिलेकोले नयाँ पेज खाेलिएकाे र आवश्यक जानकारीका लागि नयाँ पेजमा आवद्ध रहन सेवाग्राहीलाई कार्यालयले अनुराेध गरेकाे छ ।


Post a Comment

Previous Post Next Post