आँसु

 " आँसु"

दुख र सुखको भेदभाव नगरी झर्ने आँसु

पीडा र हाँसो को वोध गराउने यो आँसु

किनेर किन्न नसकिने, बेचेर बेच्न नसकिने , 

बरसातको भेल झैं बगे पनि

अनमोल छ यो आँसु

आँसुको महत्व बुझ,

त्यसै झार्ने नगर यो आँसु

तर बुझ्न कहाँ सजिलो छ र 

यो दुई अक्षरको आँसु,

जीवनको हरपललाई 

अँगाल्ने यो आँसु

दुखमा रोए पनि,

खुशी हुँदा हाँसे पनि

आँखाबाट झरिदिने

यो जिन्दगी नै त हो आँसु !!!


-------------------------------- मेरो स्व.बुवाको डायरीबाट।

राजेन्द्र सिंह 

Post a Comment

Previous Post Next Post