बाँके समाजबादीमा गयो पहिरो करिब १२ सय बढि एमालेमा प्रवेश !

 बाँके समाजबादीमा गयो पहिरो   करिब १२ सय बढि एमालेमा प्रवेश !

नेपालगन्ज : बाँकेमा नेकपा एकीकृत समाजबादी बाट  नेकपा एमालेमा प्रबेश गर्ने को लर्को लागेको छ !आज नेकपा एमाले बाँके द्वारा आयोजित    अगुवा कार्यकर्ता भेला प्रशिक्षण एवम् पार्टी प्रवेश कार्यक्रममा  ठूलो समूह प्रवेश गरेको छ ।नेकपा एस बाँकेका सहसचिव समेत रहेका युवा संघ नेपाल लुम्बिनी प्रदेश अध्यक्ष तथा केन्द्रीय सचिव किशोर थापाको नेतृत्वमा १२ सय बढी नेकपा एस छोडेर नेकपा एमालेमा प्रवेश गरेको नेकपा एमाले बाँके उपाध्यक्ष डिल्ली बिसि ले बताउनु भयो ! नेकपा एमालेका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री क.  केपि शर्मा ओलिको प्रमुख आतिथ्यतामा अगुवा कार्यकर्ता भेला तथा पार्टी प्रबेश कार्यक्रममा नेता थापाको नेतृत्वमा जनबर्गिय संगठन ,

 नेकपा एस तथा युवा संघ नेपाल, समाजबादी प्रेस संगठन लगायतका संगठनबाट १२ सय बढी नेता तथा कार्यकर्ता एमाले प्रवेश गरेका छन !अध्यक्ष ओलिले नयाँ कार्यकर्तालाई स्वागत गर्दै नेकपा एस बाँके बाट ढेस हुने बताउनु भयो !


Post a Comment

Previous Post Next Post