दैलेखको नौमुले-४ मा स्वतन्त्र वडा अध्यक्ष बाट रशेम गिरीको उम्मेदवारी दर्ता

दैलेखको नौमुले-४ मा स्वतन्त्र वडा अध्यक्ष बाट रशेम गिरीको उम्मेदवारी दर्ता 
पुष्कर खड्का दैलेख : दैलेखमा विभिन्न पार्टिहरुले गठबन्धन गरेका छन । जनताले पार्टी भन्दा पनि राम्रो ब्यक्ति र स्वतन्त्र ब्यक्ति खोजेकाले दैलेखको नाैमूले गाउँपालिका–४ को वडाध्यक्षमा रेशम गिरीले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । गिरीले आइतवार निर्वाचन अधिकृतको कार्यालय नौमूलेमा वडाध्यक्ष पदका लागि उम्मेदवारी दर्ता गराएका हुन् ।

 उक्त गाउँपालिकामा उम्मेदवारी दर्ता गराउने उनि पहिलो हुन् । २०३६ सालमा जन्मिएका गिरी अध्ययन पश्चात २०६० सालमा कालिका गाउँ विकास समितिमा कार्यालय सहायक पदमा कार्यरत थिए । उनीसँग विभिन्न गैरसरकारी संघ संस्थामा काम गरेको लामो अनुभव छ । उनी लामो समयदेखि सामाजिक कार्यमा संलग्न रहँदै आएका छन् ।



विभिन्न एजेन्डा बनाएका गिरीले जनताले बिजयि गराए आफ्ना सबै प्रतिबद्धता पूरा गर्ने र नौमुले गाँउपालिका -४ लाई नमुना वडा बनाउने जानकारी दिनु भएको छ ।

Post a Comment

Previous Post Next Post