दैलेखको नौमुले गाउँपलिकामा माओवादी र समाजवादीबीच तालमेल हुने


दैलेख : दैलेखको नौमुले गाउँपालिकामा नेकपा माओवादी केन्द्र र नेकपा एकिकृत समाजवादीबीच चुनावी तालमेल हुने भएको छ । बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुठ गठबन्धन दलहरुबीच तालमेल गर्ने केन्द्रीय निर्णय भएपनि नौमुलेमा भने दुईदलले मात्रै तालमेल गर्ने भएको हुन् ।

दैलेखमा सत्तारुठ गठबन्धन दलका नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, राष्ट्रिय जनमोर्चा पार्टीबीच चुनावी तालमेल गर्ने जिल्ला संयन्त्रले समेत निर्णय गरिसकेको थियो । तर, नेपाली कांग्रेसले अन्य दलहरुलाई बेवास्ता गरेपछि दुईदलबीच गठबन्धन गर्नुपरेको नेकपा माओवादी केन्द्र नौमुले गाउँ कमिटिका अध्यक्ष छबि सुबेदीले जानकारी दिए ।

माओवादी केन्द्र र समाजवादीबीच तालमेल गरि नेपाली कांग्रेससँग स्वस्थ रुपमा मित्रवत ढंगले चुनावी प्रतिस्पर्धा गर्ने अध्यक्ष सुवेदीले बताए ।‘हाम्रो माग जनमतको आधारमा भागबण्डा गरिनुपर्छ भन्ने थियो । कांग्रेसबाट बेवास्ता गरियो ।’ अध्यक्ष सुवेदीले भने, ‘गाउँपालिकाको अध्यक्ष सहित तीन वटा वडा अध्यक्ष माओवादी केन्द्रले पाउनुपर्ने दावी थियो , त्यो हुन सकेन ।’




Post a Comment

Previous Post Next Post