नेपालगन्ज मेयर पदका लागि पशुपतिदयाल मिश्रकाे उम्मेद्वारी दर्ता

नेपालगन्ज मेयर पदका लागि पशुपतिदयाल मिश्रकाे उम्मेद्वारी दर्ता

नेपालगन्ज उपमहानगरपालिकाकाे मेयर पदका लागि नेकपा एमालेका तर्फबाट पशुपतिदयाल मिश्र एवम् उप–मेयरमा शान्ति ढकालले उम्मेद्वारी दिएका छन् ।मेयर र उप–मेयरकाे पद संगसगै नेपालगन्जकाे २३ वटै वडाका वडाअध्यक्ष र सदस्य पदका उम्मेद्वारहरुले समेत उम्मेद्वारी दर्ता गरेका छन् ।

 सोमबार दिउसो १२बजे पार्टी कार्यालयबाट शक्ति प्रदर्शन सहित निस्केको र्यालीले नेपालगन्ज त्रिभुवन चोक हुदै नेपालगन्ज स्थित प्रमुख निर्वाचन अधिकृतको कार्यालयमा गई उम्मेद्वारी दर्ता गराएका हुन् । मेयर पदका लागि उम्मेद्वारी दिए लगत्तै पशुपतिदयाल मिश्रले नेपालगन्जका जनताले यस पटक आफुलाई निराश नबनाए आफुले पनि जनतालाई निरास नबनाउने बताएका छन् ।

Post a Comment

Previous Post Next Post