नेपाली कांग्रेसबाट वडाअध्यक्षमा समाज सेवी युवा नेता सरोज रिजालको उम्मेदवारी दर्ता

दैलेख । दुल्लु नगरपालिका वडा नं ५ को वडा अध्यक्षमा नेपाली कांग्रेसबाट युवा नेता सरोज रिजालले उम्मेदवारी दर्ता गरेका छन । उनले आज निर्वाचन अधिकृतको कार्यालयबाट आफ्नो मनोनयन दर्ता गरेका हुन ।

उम्मेदवारी दिएका सरोज रिजाल “आफ्नो वडाको बिकासको खाका र स्पष्ट योजना भएकोले बिजय पश्चात् वडाको बिकासमा महत्त्वपूर्ण योगदान दिन सधै लागि पर्ने भिजन भएका नेता हुन ।

सरोज रिजालको उम्मेद्वारी किन भन्ने प्रश्नमा भने उहाँ भन्नु हुन्छ

वडाको सम्भावना पहिचान गरि गाउमै रोजगारी सिर्जना गर्ने, बिकासमा युवाको सहभागीता बढाउने, शिक्षा स्वास्थ सहज र गुणस्तरीय बनाउने जस्ता योजनाहरु रहेको छन यीनलाइ पूरा गर्नकोलागी मेरो उम्मेद्वारी हो ।

युवानेता सरोज रिजाल दुल्लू नगरपालिका वडा नं ५ का नेपाली कांग्रेशका वडा सभापति समेत हुन । उनले यस अगाडि पनि थुप्रै सामाजिक काम मा सक्रिय सहभागिता देखाएका छन । कुनै सानो संस्थाले राखेको सरसफाइ अभियानमा हाेस वा कुनै अन्य सामाजिक कार्यमा होस उनको उपस्थिति रहन्थ्यो । कुनै अलपत्र परेको बालबालिका होस वा खाना खान नपाएर भाैतारिरहको हाेस वा हिड्डुल गर्न नसक्ने कुनै जेष्ठनागरिक सबैलाइ सहयोग गर्न पुगिहाल्थे उनि हाल उनै सहयोगी भावना भएका युवा एक वडालाइ नै समृद्ध बनाउने उद्देश्यका साथ वडा अध्यक्षमा उम्मेद्वारी दिएका छन ।

युवा नेता सरोज रिजाललाइ यस यात्रा मिडियाको तर्फबाट पनि शुभकामना ।


Post a Comment

Previous Post Next Post