दैलेखको बेलासपुर मन्दिर परिसरमा निकै फोहोर: स्थानिय सरकार मौन


पुष्कर खड्का दैलेख : पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान दैलेखले सरसफाइ अभियान सञ्चालन गरेको आज पन्ध्रौं हप्तामा आईपुग्दा दैलेखको प्रसिद्ध तिर्थस्थल बेलासपुर मन्दिरमा सरसफाइ सम्पन्न भएको छ । 

पञ्चकोशी ज्वाला युवा प्रतिष्ठान र एनएमबि बैंक सँगको सहकार्य मा सरसफाइ अभियान सम्पन्न भएको छ । 

प्रत्येक हप्ताको शनिबार बिहान ८ बजेदेखि १० बजेसम्म सुरु हुने सरसफाइ अभियान गर्दै गर्दा बेलासपुर मन्दिर परिसरमा बिएर का बोत्तल, मेघाश्रि का खोलहरु ,चुरोटका बट्टाहरु तथा जन्मदिन मनाउदा प्रयोग गरिने सामानहरुले निकै फोहोर देखिएको थियोे । 

स्थानिय सरकाले यी यस्ता धार्मिक क्षेत्रहरुलाई वेवास्ता गरेको र त्यहाँ राखिएका सम्पुर्ण सामानहरु, मन्दिरको सरसफाइ जस्ता कुरामा चाँसो नराखेको भन्दै गुनासो पोखेका छन भने मन्दिर परिसर भित्र धुर्मपान तथा मध्यपान जन्य चिजहरु ल्याउन स्थानिय सरकारले महानि गर्नुपर्ने स्थानिय बाँसिन्दाहरुले जानकारी दिएका छन ।



Post a Comment

Previous Post Next Post