बारेकोटको बिकास,समृद्धि र परिवर्तनको मार्गचित्र निर्माण गरेर अगाडी बढ्नु आजको अपरिहार्यता हो-वीर बहादुर गिरि

 संघिय गणतन्त्रात्मक नयाँ ब्यबस्थाको पहिलो आधार भनेकै स्थानीय तह ( स्थानीय सरकार ) हो । स्थानीय सरकारको प्रभाबकारी गतिशिलताबाट प्राप्त सफलता नै जनताको उपलब्धि हुनु पर्दछ । कुनै ब्यक्तिले राजनीतिक पद प्रतिष्ठा प्राप्त गर्ने र सिमिति ब्यक्तिले पाउने अबसर तथा सुबिधाले संघिय लोकतान्त्रिक गणतन्त्रको मुल मर्मलाई प्रतिबिम्बित गर्न सक्दैन । अर्थात कुनै पार्टीले चुनाव जित्ने वा कुनै पार्टीले चुनाब हार्ने कुरा महत्वपूर्ण हुन सक्दैन । मुख्य कुरा जनताको जीवन स्तर, जीवन शैली र जीवन दृष्टिकोणमा समयानुकुल हुने परिवर्तनका आधारमा मात्रै नयाँ ब्यबस्थाको खास  अनुभूति जनतामा दिलाउने कुराको ग्यारिन्टी संभब हुन्छ । यसर्थ हामीले स्थानीय सरकार बनाउने र चलाउने कुरा मात्रैलाइ प्राथामिकताको बिषय बनाउने सोच निर्माण गर्ने कुरा किमार्थ सोच्न सकिन्न । चुनाव जित्ने , सरकार बनाउने कुरा केवल एउटा प्रक्रिया पुरा गर्ने सवाल हो ।  तर समग्र बारेकोटको विकास, सम्बृद्धि र परिवर्तनको मार्गचित्र निर्माण गरी अगाडी बढ्नु नै आजको अपरिहार्यता हो । चुनावदेखि चुनावसम्मको राजनीतिक चिन्तनमा आधारित दृष्टिकोण निर्माण गरेर राजनीतिक गर्नु महाभुल हो । यस्तो भुलबाट नै हामी सहि मार्गको पहिचान बिना गलत बाटोको अबलम्बन गरेर मनोगत धारणा बनाउदै आत्मगत सन्तुष्टिमा विकास र सम्बृद्धिको सपना देख्ने गलत राजनीतिक इतिहासको आरम्भ आज बारेकोटमा भएको छ । यसको क्रमभंगता गर्नु आज बारकोटबासीको युगिन कर्तब्य बनेको छ । 

अब हामीले बितेका पाँच बर्षको निर्मम समिक्षा गरेर आउने आबधिक पाँच बर्ष मात्र होइन भाबि पुस्ताका उद्देश्यहरुलाई हाम्रो पुस्ताले सपना बोकेर सम्बृद्ध बारेकोट निर्माणका लागि  आबधिक , अल्पकालीन, मध्यकालीन र दीर्घकालीन योजना सहित यो चुनावमा नेकपा एमाले बारेकोटले यो प्रतिबद्धता पत्र तयार गरेको छ ।


Post a Comment

Previous Post Next Post