आज देखि मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान शुरु


 काठमाडौं : मुस्लिम धर्मावलम्बीको महान पर्व रमजान साेमबार ( आज ) देखि शुरु भएको छ । रमजान इस्लामिक क्यालेण्ड अन्तर्गतको एक महिना हो । यहीँ महिनामा धार्मिक ग्रन्थ कुरआन अवतरण भएकाले यो महिनालाई सबैभन्दा पवित्र महिनाको रुपमा मानिन्छ । महिनाको शुरूवातसँगै आइतबार पहिलो रोजा ( व्रत ) अधिकांस मुस्लिमहरु बसे । 

इस्लामिक पात्रोका अनुसार हिजरी संवतको नवौं महिनालाई रमजानका रुपमा लिइन्छ । एक महिनासम्म चल्ने रमजानमा इस्लाम धर्मावलम्बीहरुले उपवास ( व्रत ) बस्नुपर्छ , जसलाई ‘ रोजा ’ भनिन्छ । रोजामा इस्लाम धर्मावलम्बीहरु बिहान सूर्य उदाएदेखि सुर्यास्त नहुँदासम्म प्रत्येक दिन एक महिनासम्म पानी समेत नखाइ व्रत बस्ने गर्छन् । सूर्य उदाउनुभन्दा लगभग दुई घन्टा अगाडि केही खानेकुरा ( सेहरि ) खार्ई शुरु गरिएको ( व्रत ) रोजा सूर्यास्त भइसकेपछि अफतारी ( व्रत तोडनु ) गरि रोजा खोल्नुपर्छ ।

 रोजाको समयमा मुसलमान निराहार यहाँसम्मकी जानेर थुक पनि निल्नु हुँदैन । रोजा जस्तो कठिन व्रत गर्ने व्रतालुले यस महिनालाई पवित्र महिनाका रुपमा लिएको पाइन्छ । रोजा अशक्त , बिरामी र बालबालिकाबाहेक सबैलाई अनिवार्य छ । तीस दिनको यो रमजान महिनालाई तीन भागमा बाँडिएको छ । पहिलो १० दिनको अवधिलाई बरक्कत ( फलिफलाप ) , 

दोस्रो १० दिनको अवधिलाई रहमत ( दया - माया ) र अन्तिम १० दिनको अवधिलाई मगफिरत ( अल्लाहबाट माफी ) पाउने मुसलमानले यी तीन कुरा प्राप्त गर्न अल्लाहको आदेशलाई पालना गर्न रोजा बस्ने गर्छन् । रोजा बस्ने धर्मावलम्बीले आफ्नो शरीरलाई चोखो राखी दिनमा नियमित पाँचपटक नमाज पढ्नुका साथै रातमा थप तराबीको नमाज पढ्ने गरिन्छ । तराबी भनेको कुरान पूरै कण्ठस्थ भएको धर्मगुरु हाफिजले पढाउने विशेष नमाज हो । हाफिजले यो महिनामा ३० खण्डमा रहेको कुरान तरावी पढ्ने नमाजीलाई नमाज मार्फत सुनाउनुपर्छ । तर देश अहिले कोरोना महामारीको जोखिमले गर्दा रौनकता छैन ।




 झूटो नबोल्नु , शान्तिले बस्नु र गरिब तथा दीनदुःखीलाई दान र दया गर्नु यो पर्वको विशेषता हो । रमजान महिना गरिब , दिनदुःखी र असहायका लागि नराम्रो नहोस् भन्ने दृष्टिकोणबाट अल्लाहले इस्लाम धर्ममा यस महिनाका लागि विशेष व्यवस्था गरेका छन् । यस महिनामा प्रत्येक मुसलमानले जनही १ किलो ७ सय ५० ग्राम गहुँ वा सो बराबरको मूल्य फित्तरा निकाल्नुपर्छ भने वर्षभरिको आमदानी र सम्पत्तिबाट अढाइ प्रतिशत जकात ( कर ) निकाल्नुपर्छ , यस्तो फित्तरा र जकात गरिब , असहाय , दिनदुःखी मस्जिद वा मदरसामा इदको नमाज पढ्नुभन्दा अगावै दिनुपर्ने मान्यता छ । रमजानको अन्तिम दिन चन्द्रमा हेरेसँगै भोलिपल्ट इदुलफित्र इद मनाइन्छ ।

Post a Comment

Previous Post Next Post