राझा विमानस्थलमा ठोकियो खरायो

 बाँके चैत २१ गते ।

नेपालगञ्जको  राझा विमानस्थलमा आज जहाज ल्यान्डहुने क्रममा  खरायो ठोक्किएको छ ।बुद्ध एयरको जहाजमा  खरायो ठोक्किएको हो ।


जहाजसँग ठोक्किएको खरायोको मृत्यु भएको छ । जहाजमा खरायो ठोक्किएपछि केही उडान रोकिएको थियो ।अहिले भने  उडान सुचारु भएको छ ।नेपालगञ्ज विमानस्थलमा यसअघि पटक पटक जहाजमा बँदेल लगाएत का जनावरहरु  बेला बेला ठोकिने गरेक छन


बँदेल ठोक्किने क्रम बढेपछि विमानस्थल कार्यालयले धावनमार्ग नजिकको झाडी सफाई गरेको थियो । विमानस्थल कार्यालयमा झाडी सफाईका लागि समेत बजेट नआउदा नियमित सफाई हुन सकेको छैन ।


शुरुमा नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीले झाडी सफाई गरिदिएकोमा पछि विमानस्थल कार्यालयले मजदुर लगाएर सफाई गरेको थियो ।तर फेरि त्यस्तै खालका समस्याहरु देखा पर्न थालेपछी त्यस्को न्यूनीकरणका लागि पहल गर्न आवस्यक छ


Post a Comment

Previous Post Next Post