मुलुकको गरिबी न्यूनीकरण र आर्थिक स्थायीत्वका निम्ति आगामी सक्षम नेतृत्वको अपरिहार्यता



बजारमा तरलता अभाव हुनुकाे कारण स्थानीय निर्वाचन पनि हुन सक्ने अनुमान गर्न सकिन्छ । धनी व्यक्तिहरु चुनावमा उठ्ने र धेरै लगानि गर्ने भएकाले पहिले देखि नै पर्व तयारिका साथ नगद घरमा राख्ने गरेकाे पाइन्छ । निर्वाचन अायाेगले खर्चकाे सिमा निर्धारण गरेपनि अहिलेकाे स्थानीय चुनावमा पैसाकाे वर्षा हुने अनुमान गर्न सकिन्छ । चुनाव टिकट पाउनकाे लागि पैसा दिने चलन प्रचलित नै छ ।


केही समय अगाडि सम्पन्न भएका विभिन्न (कांग्रेस एमाले माअोबादि , रा प्र पा) दलहरुकाे महाधिवेशनमा एक व्यक्तिले केन्द्रीय महाधिवेशन प्रतिनिधि हुनकाे लागि तथा जिल्ला , क्षेत्र , र नगरमा अाफ्नाे फेवरकाे मान्छे ल्याउनकाे लागि ४०-४५ लाख सम्म खर्च गरेकाे देखियो । याे देख्दा स्थानिय निर्वाचनमा पैसाकाे खेल हुने देखिन्छ । पहिले पनि पैसाकै भरमा निर्वाचन लडेका व्यक्तिहरुले जितेर गरेकाे बिकास हर्नु पर्ने देखिन्छ । मानाै महाधिवेशनमा ४०-४५ लाख खर्च गर्नेले चुनावमा कति गर्ला । कुनै पनि व्यक्तिले यति बुझ्नुपर्छ कि कुनै क्षेत्रमा कसैले लगानी गर्छ भने त्यसकाे अपेक्षित प्रतिफलकाे पनि अाश गरेकाे हुन्छ । त्यति धेरै लगानी गरेकाे व्यक्तिले भ्रष्टाचार नगरि कसरी बस्न सक्छ हाेला र , अहिले जनताले विवेक नलगाए सम्म देशकाे अस्तित्व समाप्त हुने देखिन्छ ।
 वास्तबमा जनमानसमा रुचेकाे , उक्त क्षेत्रका समस्या बुझेकाे र समस्या समाधान गर्न सक्ने नेतृत्व अावश्यक छ। नेतृत्व पंक्तिमा गलत साेच र व्यवहार भएका मान्छेहरु जाने भएकाले देशमा ग्रामीण क्षेत्रमा हुनु पर्ने बिकास नभएकाे पाइन्छ ।जनताको जीवन स्तर जस्ताको तयस्तै छ तर नेताकाे जीवनस्तर गुणस्तर ,विलासि भएकाे देखिन्छ । जनता प्रति उत्तरदायी नेतृत्वकाे अावश्यक देखिएकाे छ। यस अघिकाे नेतृत्वपंक्तिमा युवाहरु नदेखिए पनि हालकाे निर्वाचनमा युवा वर्गले सम्मान जनक रुपा सकृय रुपा राजनीति तिर लागेकाे देखिन्छ ।

 अहिले हामी अाफै अघि नबढे सम्म देश बिकास हुदैन भन्ने साेच युवाहरुमा रहेकाे छ। अहिलेकाे निर्वाचनबाट छानिएका जनप्रतिनिधिहरुले अाफ्नाे क्षेत्रलाई शिक्षा स्वास्थ्य , खानेपानि बिजुली भन्दा नि गरिबी निवारण र अार्थिक अबस्था सुधार्ने गरि जनविश्वास जित्नु पर्ने छ । 

२०७४ काे चुनाव भन्दा जनताहरु शिक्षित भएकाले अहिलेकाे चुनावले हामी सबैलाई राम्राे , इमानदार , समाजप्रति उत्तरदायी र शिक्षित व्यक्ति हाम्राे जनप्रतिनिधि भएकाे हर्ने इच्छा सबैलाई रहेकाे पाइन्छ ।यसकारण जनताको नासो सहितको गुनासो सम्बोधन गर्दै सबल,सक्षम, पारदर्शी र सुशासनयुक्त समाजको निर्माण गर्न संघ ,प्रदेश र स्थानीय तहको रुपान्तरित नेतृत्वलाई दिगो रुपमा सामन्जस्यता एवम समतामूलक बनाउन राज्यको संघीयताको ब्यबस्था बमोजीमको स्थानीय स्तरबाट नै जग निर्माण गरी सार्वभौमिकताको उपज दिलाएको ´नेपाल` नामक छानोले सदाको लागि ओत एवम न्यानोपना दिलाउन आगामी २०७९ बैशाख ३० को स्थानीय तहको चुनावमा समाज रुपान्तरणको परिकल्पना बोकेको युवा र साक्षरता तथा समाबेशीकरणलाई मुल एजेन्डा लिएको ब्यक्तिलाई जनप्रतिनिधिमुलक पात्रको रुपमा स्वीकार्न जनस्तरबाट सबैले आफ्नो विवेकपुर्ण मतको उचित प्रयोग गरि नेपालको संविधानले तोके बमोजीमको ५ वर्षे कार्यकाललाई सफलतापुर्वक सम्पादित दिलाउन कुशल नेतृत्वलाई निर्वाचित गराउ।



                                                                                                                धनन्जय रिजाल,सुर्खेत

Post a Comment

Previous Post Next Post