अनेरास्ववियु नेपालगन्ज नगरकमिटी अध्यक्ष मा जय राना सर्वसम्मत चयन

अनेरास्ववियु नेपालगन्ज उप-महानगरपालिका,बाँके को  प्रथम नगर सम्मेलनबाट जय राना नगरकमिटिको अध्यक्षमा सर्व सम्मत निर्बाचित भएका छन !                                                         

त्यसैगरि  उपाध्यक्ष मा महेश बिक्रम शाही,सचिब कपिल शर्मा,स-सचिब ,शसाङ्क गुरुङ,अन्जली राजी र किसन कस्यप,कोषाध्यक्ष-आषिस गिरि गरि २९ सदस्यीय कमिटी गठन गरिएको छ।

उक्त कार्यक्रममा प्रमुख अतिथी अनेरास्ववियु का केन्द्रिय सचिबालय सदस्य मोहित शाह,बिशिस्ट अतिथी नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य  हलिम शाह,अतिथिहरुमा केन्द्रिय सदस्य सुमन घिमिरे,अनेरास्ववियु जिल्ला अध्यक्ष दिनेश के सि,सचिब प्रकाश बि क,अनेरास्ववियु महेन्द्र बहुमुखी क्याम्पस कमिटी अध्यक्ष माधव खत्री,सचिब डम्बर विस्वकर्मा लागायतका बिद्यार्थी नेता कार्यकर्ता हरुको उपस्थितिमा  अनेरास्ववियु नेपालगन्ज उपमहानगरपालिका को प्रथम अधिवेशन बाट राना सर्बसम्मत अध्यक्षमा चयन भएका छन ! उक्त कार्यक्रम बोल्दै रानाले  "बिद्यार्थीहरुको हक हित को लागि अनेरास्ववियु नेपालगन्ज नगरकमिटि सधै तत्पर रहने र अब नया नेतृत्वले नया जोश र जागर का साथ काम गर्ने त्यस्को लागि सबै बिद्यार्थीहरुले हातेमालो गर्नुपर्ने" बताएका छन !

Post a Comment

Previous Post Next Post