बारेकोट वडानं ६ वडाअध्क्षका उम्मेदवार,युवाहरुको आशा र भरोसाका केन्द्र डम्बर महतारा को अपिल

             उम्मेदवार,युवाहरुको आशा र भरोसाका केन्द्र डम्बर महतारा को अपिल-

आदरणीय आमाबुवा दाजुभाई तथा दिदिबहिनीहरु,यतिबेला हामी निर्बाचनको महासंग्राम मा छौ, वडाको दिगो तथा समानुपातिक बिकासकोलागी यतिबेला हामी सम्पुर्णले सोच्नुपर्ने बेला आएको छ !देशको अस्थिर राजनीतिक अवस्थाले गर्दा बिकासका कामहरु तिब्रता लिन सकेका छैनन,देशमा विभिन्न पार्टीहरुले नेतृत्व गरे तर बिकास र समृद्धि भने सम्भम भएना ! मुलुकको आर्थिक बिकासको लागि नेतृत्व लिईरहेको नेकपा एमालेले थुप्रै कामहरु गरेको छ !

देशको नेतृत्व सम्हाल्नलाई विभिन्न प्रकारका पहलहरु गरेको छ !त्यसकारण मैले पनि जनताको सबैभन्दा लोकप्रिय पार्टी नेकपा एमालेको तर्फबाट बारेकोर गापा वडानं ६ को वडाअध्क्षमा उम्मेदवारी दिएको छु !वडामा हुने सम्पुर्ण बिकासको लागि म सधै जनताको साथमा हुनेछु !६ नंबर बासी सम्पुर्णलाई म यो अपिल गर्न चाहान्छु कि देश अब नेकपा एमाले को नेतृत्व मा हुनेछ ,नेकपा एमालेलाई परास्त गर्नलाई विभिन्न देशी बिदेशी तत्वहरु लागेपनी त्यसको सजिलै सामना गर्ने छ !त्यसले सम्पुर्ण आम जनसमुदायमा सुर्य चिन्हमा मतदान गरि मलाई वडाअध्यक्षमा बिजय गराउन सम्पुर्णलाई अपिल गर्दछु !धन्यवाद नेकपा एमाले जिन्दावाद

Post a Comment

Previous Post Next Post