नेपाली काग्रेस र समाजबादी पार्टीले दैलेखमा निर्वाचन आचार संहिताको ब्यापक उल्लंघन

 नेपाली काग्रेस र समाजबादी पार्टीले दैलेखमा निर्वाचन आचार संहिताको ब्यापक उल्लंघन गरेका छन।सर्बदलीय बैठकबाट निर्णय भएपनी उनीहरूले आचार संहिताको ब्यापक उलङ्घन गरेका छन । दलको झण्डा,उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि डिजिटल बोर्ड, फ्लेक्स वा साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने उल्लेख भएता पनी उनीहरूँले ठुलो संख्यामा मोटरसाइकल र्याली सहित नारा र साउण्ड सहित नगर परिक्रमा गरेका थिए । बजारको मध्य भागमा प्रहरीको भ्यान आएपनी मुखदर्शक भएर फर्किएको छ । बजारको बीच भागमा प्रहरीको भ्यान आएपनी जुलूसलाई सहज हुने गरी प्रहरी भ्यानले साइड दिएको थियो ।


यसबारे राप्रपा जिल्ला अध्यक्ष भक्त बहादुर शाहीले प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी प्रमुखलाई सचेत गराउदै तुरुन्त यस्ता गतिबिधि रोक्न भनेपछि उनीहरूले तुरुन्त निर्देशन दिएर रोक्ने भनेता पनि जुलुस र्याली सहित बजार पुगेर प्रहरीको भ्यान सहित् फर्केको अध्यक्ष शाहीले जनाए । त्यस लगत्तै राप्रपा जिल्ला अध्यक्ष शाहीले आफूले फेरी प्रमुख निर्वाचन अधिकृतसँग यस्ता गतिबिधीलाई रोक्न भनेको बताए ।

गएको ८ चैत ०७८ मा जारी राजपत्रको सूचनामा प्रकाशित आचार संहितामा कुनै पनि उम्मेदवारले आफ्नो कार्यालय बाहेकको स्थानमा झण्डा, दल वा उम्मेदवारको चुनाव चिन्ह, कुनै पनि किसिमको डिजिटल बोर्ड, फ्लेक्स,साइन बोर्ड राख्न वा श्रव्य सामग्री बजाउन र श्रव्यदृश्य सामग्री प्रर्दशन गर्न नहुने उल्लेख गरिएको थियो ।

Post a Comment

Previous Post Next Post