विद्युत प्राधिकरण विरुद्ध नेपालगञ्जमा विरोध प्रदर्शन


अनियमित विद्युत विरुद्ध विरोध प्रदर्शन

नेपालगन्ज विद्युत प्राधिकरण विरुद्ध शुक्रबार नेपालगञ्जमा विरोध प्रदर्शन भएको छ । अघोषित तरिकाले बारम्बार लोडसेडिङ भोकेका नेपालगन्जियाले विद्युत सेवाको मार खेप्दै आएका स्थानीय विरोधमा उत्रिएका हुन् ।


नेपालगञ्ज आम नागरिक अगुवाईमा उपस्थित समूहले विद्युतको अनियमित रुपले विद्युत लोडसेडिङलाई सुधार गर्न नेपालगन्जका आम नागरिकले गरिएको विरोधमा विद्युत प्राधिकरण अगाडि मूल ढोकामा धर्ना दिएर ज्ञापनपत्र बुझाएका थिए ।
नेपालगञ्ज आम नागरिक अगुवाईमा भएको उक्त विरुद्ध प्रदर्शनमा राजनीति क्रमि, नागरिक समाज, पेशागत संगठनका प्रतिनिधि, उद्योग/व्यवसायीलगायत सम्मिलित समूहले विरोध प्रदर्शन गरेका थिए ।


उक्त विरोध प्रदर्शनमा २०७९ बैशाख ३० गते भएको स्थानीय चुनावमा बाँके नेपालगन्ज उपमहानगरपालिकामा स्वतन्त्र मेयरमा उठेका दिनेश थापाको पनि समर्थन र साथ रहित उपस्थिति रहि मन्तव्य राखेका थिए भने अन्य घरेलु महासंघकि अध्यक्ष , पुर्व उद्योग बाणिज्य नेपालगन्जका अध्यक्ष कृष्ण श्रेष्ठ , क्लिन नेपालगन्ज ग्रिन नेपालगन्जका अभियान्ता विनोध कर्ण , युवा अभियान्ता साहिल अन्सारी लगायतको मन्तव्य रहेको थियो भने कार्यक्रम संचालन प्रकाश कुवरले गर्नु भएको थियोे ।

Post a Comment

Previous Post Next Post