भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु,कोहलपुर तनावग्रस्त

भारतीय ट्रकको ठक्करबाट अटो चालकको मृत्यु,कोहलपुर तनावग्रस्त

नेपालगन्ज । भारतीय नम्बर प्लेटको ट्रकले अटोलाई ठक्कर दिदाँ एक जनाको मृत्यु भएको छ । आज दिउँसो कोहलपुरको पिपल चौतारा अगाडि यूपी ३२ डीएन ४३४४ नम्बरको भारतीय ट्रकले भे १ च ४९४१ नम्बरको अटोलाई पछाडीबाट ठक्कर दिएको थियो ।


दुर्घटनामा परेर गम्भीर घाइते भएका कोहलपुर १३ का अटो चालक २९ वर्षिय रामसेवक थारुको उपचारका क्रममा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा मृत्यु भएको ईलाका प्रहरी कार्यालय कोहलपुरले जानकारी दिएको छ ।

भारतीय ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिएर घटनाको अनुसन्धान सुरु गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । तर, अहिले चालकलाई कारबाहीको माग र उचित क्षेतीपुर्तीको माग गर्दै कोहलपुर तनावग्रस्त बनेको छ। प्रदर्शनकारीले सडक अवरुद्ध पारेका छन् ।

Post a Comment

Previous Post Next Post