निर्वाचनको मुखैमा एमाले सल्यानको विवाद छताछुल्ल : पार्टी अध्यक्ष पुनलाई कारवाही गर्न माग

निर्वाचनको मुखैमा एमाले सल्यानको विवाद छताछुल्ल : पार्टी अध्यक्ष पुनलाई कारवाही गर्न माग

नेकपा एमाले सल्यानमा विवाद बढ्दै गएको छ । पार्टीका जिल्ला अध्यक्ष गोविन्द कुमार पुनले पार्टी भित्र एकलौटी, मनोमानी र अलोकतान्त्रिक तरिकाले अगाडी बढेपछि झन् समस्या देखिएको छ । बन्गाड कुपिण्डे नगरपालिकाको उपप्रमुख पदमा उम्मेदवारी दिनुभएकी चम्फा पुरीको उम्मेदवारीलाइ खारेज गरेको भन्दै पार्टीका शिर्ष नेताहरुले नै पार्टी अध्यक्ष पुनलाई कारवाही गर्न माग गरेका हुन् । जसका कारण पार्टीका तर्फबाट बन्गाड कुपिण्डे नगरपालिकामा मेयर पदमा उम्मेदवारी दिएका पुन अलपत्र पर्नुभएको छ । 

एमालेले अन्य कुनै पार्टीसँग समझदारी नगरेर केही सिमित व्यक्तिसँग मात्रै साडगाड गरेको स्थानिय नेतहरुको भनाइ छ । नेकपा एमालेमा रहेका विभिन्न जनवर्गीय संगठनहरुले समेत त्यसको सवत्र विरोध गरेका छन् । नेपाल राष्ट्रिय शिक्षक संगठन, अनेमा संघ, युवा संघ लगाएतले कडारुपमा विरोध गरेका छन । जिल्ला कमिटी सदस्य तथा एमाले वडा नं १० वडा अध्यक्षका उम्मेदवार मोतिलाल घर्ती, देवेन्द्र पुरी, नारद घर्ती, नगर सचिव राजेश वलि, तेजेन्द्र वुढा, पुष्पा कुमारी खड्का वडा कमिटी अध्यक्ष, सचिव लगाएतको सिंगो टिमले एमाले अध्यक्ष पुनको यो गलत नियत प्रती कडारुपमा भ्रत्सना गरेका छन् । छलफल तथा विना मञ्जुरि उप प्रमुखका उम्मेदवार चम्फा पुरिको उम्मेदवार रद्ध गरिदिए पछि एमालेमा चरम असन्तुष्टि देखा परेको छ । एमालेका धेरै प्रदेश कमिटी ,जिल्ला कमिटी वहुमत नगर कमिटीले समेत यसको व्यापक विरोध गरेका छन् । सचिव राजेश वलिले जिल्ला तथा नगरमा समेत अल्पमतमा रहेका जिल्ला अध्यक्ष पुनलाई अनुशासन आयोग समक्ष तत्काल कारवाहिको माग गर्नुभएको छ ।

Post a Comment

Previous Post Next Post